खार मा बि मा अन्तरक्रिया कार्यक्रम सम्पन्न !

माधब खरेल, बडीगाड २०७५ असार १५ । समुदायमा सरकारी वकिल प्रभाकारी अभियोजन सुदृढ प्रतिरक्षा ब्यसायिक सरकारी वकिल हाम्रो प्रतिबद्धताको मुल नारा सहित आज खार मा बि मा अन्तरक्रिया कार्यत्रmम सम्पन्न भएको छ । उच्च सरकारी वकिल कार्यालय बागलुङका प्रमुख रामचन्द्र शर्माको सभापतित्व बिधालय का प्र अ मोहन जि सि प्रत्रकार माधब खरेल शिक्षक कक्षा १० का बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

उच्च सरकारी वकिल कार्यालय बागलुङका प्रमुख शर्माले २००४ सालमा स्थापना भएको उच्च सरकारी वकिलले , गाउँ गाउँमा मा भएको समस्यालाई सहयोग गर्नै काम , कुनै ब्यक्तीले अपराध गरयो भने सबैभन्दा पहिला प्रहरीकोमा जानकारी दिन समेत आग्रह गरे । साथै उक्त मुद्दा सरकारी वकिलको कायलयमा पुग्ने हुदा सरकारी वकिले सहयोग गर्ने कुरा जानकारी दिए । साथै १ बर्षभन्दा बढी कैद हुने मुद्दा जिल्ला अदालतले हेर्ने र महिलाहरुलाई जबर्जस्ती गर्नेलाई प्रहरीमा खबर गर्ने र उक्त मुद्दा सरकारी वकिल कायलयले हेर्ने कुरा जानकारी गराएका थिए ।

उनले बिद्यार्थी र शिक्षकबाट उठेका कुरा समस्याको जबाफ दिदै सामाजिक अपराध गरेमा ३ बर्ष कैद ३० सम्म सजाय दिईने कुरा पनि जानकारी गराएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *