Menu

आजको तस्वीर : गल्कोट आँगाखेतमा रोपाईँ महोत्सव !

शव्द/चित्र : गुमानसिँह भण्डारी

गल्कोट २०७५ असार १५ । गल्कोट नगरपालिकाको आयोजनामा वडान नं ७ आँगाखेतको फाँटमा रोपाई महोत्सव जारी छ । असार १५ गते गल्कोट र जैमिनी नगरपालिकामा रोपाईँ महोत्सवको आयोजना गरी विशेषरुपमा मनाईएको हो । धान रोपाई जिल्लका अन्यत्र भागहरुमा पनि मनाईने गर्छ ।

केहि दिन देखीको अबिरल वर्षाले पुराएको क्षतीको निरीक्षण एवं पीडितहरुलाई राहत वितरण गर्नेक्रममा बडीगाड गाउँपालिका पुगेर फर्कदै गरेका प्रजिअ बेदप्रसाद खरेलले आँगाखेतको रोपाइँ महोत्सवमा सरीक भएर शुभकामना व्यक्त गरेका थिए ।

रोपाईँ महोत्सवमा उप प्रमुख रेणुका काउचा मगर, वडा नं ३ र ७ का वडाध्यक्षहरु क्रमश वीरजंग भण्डारी र सु टीकाबहादुर थापा, नगरपालिकाका अधिकृत प्रदीपचन्द्र सुवेदी, जनप्रतिनिधी कर्मचारी, पत्रकार एवं स्थानीबासीको सहभागिता रहेको थियो । रोपाईमा सहभागीहरुले एकापसमा हिलो छ्यापेर रमाईलो संग महोत्सव मनाएका छन् ।

विद्युतीय हलो मिनी टेलर र हल गोरुले एकैचोटी जोतेर खेत साउदा र रोप्दाको दृश्य चित्ताकर्षक थियो ।




फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *