अनुत्पादक रुखहरु हटाई उन्नत जातका, बढी र छिटो आम्दानी हुने खालका विरुवाहरु रोप्न नगरप्रमुखको सल्लाह !

घनश्याम गौतम, गल्कोट २०७५ असार १५ । गल्कोट नगरपालिकामा नयाँ बन्ने घरहरुको नक्सा पास सँगै घर परिसरमा अनिवार्य रुपमा वृृक्षारोपण गर्ने निति ल्याउन लागेको नगरप्रमुख भरत शर्मा गैरेले बताएका छन् । गल्कोट नगरपालिका र लायन्स क्लव अफ गल्कोट सिटीको आयोजना तथा इलाका वन कार्यलय हटियाको समन्वयमा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा बोल्दै यस्तो बताएका हुन् ।

स्वच्छ नगर स्वस्थ्य म भन्ने मुल नाराका साथ गल्कोट नगरपालिका वडा नं ३ को नवनिर्मित स्वास्थय चौकीको प्राङ्गणमा वृक्षारोपण गर्दै उनले यस्तो बस्ती आसपासमा बृक्षारोपण अनिवार्य रहेको बताए । नगरपालिकाको वातावरण स्वच्छ र हराभरा बनाउनको लागि नितिगत रुपमा नै परेको भन्दैै उनले गल्कोटका जनतालाई पुराना अनुत्पादक रुखहरु हटाई उन्नत जात भएका, बढी र छिटो आम्दानी हुने खालका विरुवाहरु रोप्न नगरपालिकाले उत्प्रेरणा जगाउने समेत जानकारी दिए ।

कार्यक्रममा गल्कोट नगरपालिका वडा नं २ का अध्यक्ष हिम बहादुर भण्डारी, ३ का अध्यक्ष वीरजंग भण्डारी ११ का अध्यक्ष डम्मर श्रीस गल्कोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष मुकुन्दसिह भण्डारी, गल्कोट माध्यमिक विद्यालयका प्राचार्य देवेन्द्र बहादुर खत्री व्यवस्थापन समितीका अध्यक्ष लाल बहादुर भण्डारी प्रहरी लगायतको सहभागिता रहेको थियो ।

बृक्षारोपण कार्यक्रममा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य कुलराज शर्माको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा ६ प्रजातीका ११ ओटा विरुवा रोपिएको थियो । कार्यक्रम नगरप्रमुख भरत शर्मा गैरको अध्यक्षता उपप्रमुख रेनुका काउचाको स्वागत मन्तव्य र पशु स्वास्थ प्राविधिक चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *