Menu

नेपाल एयरलाईन्सको बिमानबाट बिहीबार १४ जना यात्रुले उडान भरे !

कुसुम थिङ, बागलुङ २०७५ असार १४ । नियमित उडानमा काठमाडौ देखी ५ जना यात्रुहरु लिएर बलेवा अवतरण गरेकोे नेपाल एयरलाईन्सले बलेवाबाट ९ जना यात्रुलाई लिएर गएको छ । गत आईतबारको तारा एयरको उडान भने काठमाडौबाट आउने १ जना र बलेवाबाट जाने ३ जनामात्र यात्रु भएपछी उडान रद्द गरिएको बताईएको छ ।

दुबैतर्फको उडानमा गरी न्यूनतम २४ यात्रुहरु आवश्यक पर्नेमा आजको उडानमा १४ जना यात्रुहरुले उडान भरेका छन् । नपुग १० जना यात्रुको जनही रु ५ हजार ५ सयले रु ५५ हजार बागलुङ नगरपालिकाकाले नेपाल एयरलाई हर्जाना दिनुपर्ने भएको छ ।

ताराको भन्दा नेपाल एयरको यात्रु भाडा रु १ हजार भन्दा बढी सस्तो भएकोले नेपाल एयरमा औसत बढी यात्रुहरुले उडान भर्ने गरेको तथ्यांकले देखाएको छ ।

यहि असार ११ गते सम्पन्न बागलुङ नगरपालिकाको नगरसभामा नगरपालिका तर्फबाट दुई विमान कम्पनीहरु संग नगरप्रमुख जनकराज पौडेलले गरेको त्रिपक्षीय संझौता र हाल सम्म बिमान कम्पनीहरुलाई नगरपालिकाले तिर्नु परेको हर्जाना रकम बारे केहि नबोले पछी उनको व्यापक बिरोध भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *