Menu

बृक्षारोपण दिवसमा इलाका वन कार्यलय कुस्मीसेराव्दारा दमेकमा बृक्षारोपण

सन्ध्या आचार्य, कुस्मीसेरा (बागलुङ) २०७५ असार १४ । राष्ट्रिय वृक्षारोपण दिवस २०७५ को अवसरमा आज विहान जैमिनीको दमेक स्थित शिवपुरी मन्दिरमा बृक्षारोपण गरिएको छ ।

इलाका वन कार्यलय कुस्मीसेरा बागलुङको आयोजनामा बागलुङ जिल्लाको दक्षिणीभेग जैमिनी नगरपालिका २ दमेकमा रहेको शिवपुरी मन्दिर, जैमिनी संस्कृत पाठशाला र सोही स्थानमा रहेको आयुर्वेद औषधालय दमेकमा बृक्षारोपण गरिएको इलाका वन कार्यलय कुस्मीसेराका सहायक वन अधिकृत राजेश पौडेलले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल, उप प्रमुख लिला राना, प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, इलाका वन कार्यलय कुस्मीसेराका सहायक वन अधिकृत राजेश पौडेल, शुभेक्षा एफ एमका प्रवन्धक सुजन प्रेमी, प्रहरी चौकी कुस्मीसेराका प्रहरी प्रमुख देवराज बानियाँ, संस्कृत पाठशालाका अध्यक्ष, प्रधानाध्यापक, वडा नं २ का वडा सदस्य कृष्ण रिजाल, आयुर्वेद औषधालय दमेकका प्रमुख एकराज ढुंगाना लगाएतको सहभागिता रहेको थियो ।

बृक्षारोपण कार्यक्रममा मन्दिर परिसरमा रुद्राक्ष, धुपी, कल्की, असोका लगाएतका विरुवा रोपिएको थियो ।
कार्यक्रमको थालनी जैमिनी नगरपालिकाका प्रमुख पौडेलले रुद्राक्षको विरुवा रोपेर गरेका थिए भने सोही अवसरमा संस्कृत पाठशालामा अध्ययनरत बटुकहरुले स्वस्तिक वाचन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *