Menu

घुमिफिरी उनै शिक्षक ईश्वरी प्रसाद पौडेल उत्तरगंगा माबिको निमित्त प्रधानाध्यापक !

बुर्तिवाङ २०७५ असार १४ । बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक बिद्यालयको निमित्त प्रधानाध्यापक नियुक्ती प्रकरणलाई लिएर दुई पक्षबीच भैरहेको कानूनी लडाईमा पछिल्लो चोटी ढोरपाटन नगरपालिका र शिक्षक ईश्वरी प्रसाद पौडेलको पक्षमा सर्वोच्च अदालतबाट आदेश भएको छ ।

सर्वोच्च अदालतका माननीय न्यायाधीश व्दय हरिकृष्ण कार्की र बम कुमार श्रेष्ठको संयुक्त इजलासले २०७५ साल असार ११ गते गरेको निर्णय (आदेश)मा ‘…अन्तरीम आदेश जारी हुने अवस्था विद्यमान नरहेकोले मिति २०७५ जेठ २० गते एकल ईजलासबाट जारी गरिएको अन्तरीम आदेश रद्द…’ गरिए पछीे उनै शिक्षक पौडेल घुमिफिरी पुन: उत्तरगंगा माध्यमिक विद्यालयका निमित्त प्रधानाध्याप बन्ने बाटो खुलेको हो ।
आदेशको पूर्ण पाठ यस प्रकार छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *