Menu

राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा सरकारी कार्यालय परिसरमा बृक्षारोपण !

कोपिला कंडेल, बागलुङ २०७५ असार १४ । राष्ट्रिय वृक्षारोपण दिवस २०७५ को अवसरमा आज विहान सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारीको सरकारी निवास परिसरमा बृक्षारोपण गरिएको छ ।

बृक्षारोपण कार्यको शुभारम्भ गर्दै क्षेत्रीय प्रशासक तथा प्रदेश नम्बर ४ का सचिव नारायण प्रसाद बिडारीले वातावरणलाई स्वच्छ, सफा, सौन्दर्यमय बनाउन वृक्षारोपण आवश्यक रहेको बताए ।

बढ्दो सहरीकरणले गर्दा पछिल्लो समय रुख बिरुवाको नष्ट हुदै गएको भन्दै क्षेत्रिय प्रशासक बिडारीले बढ्दो प्रदुषणको न्युनिकरणका लागि बृक्षारोपण कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल,प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लगायत कार्यालय प्रमुखहरुले सौन्दर्यबर्धक तथा औषधीका विरुवाहरु, धुपी, चाँप, सुनचाँप, सीता असोक, हर्रो बर्रो लगाएतका विरुवाहरु रोपेर बृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए । बृक्षारोपण कार्यक्रम जिल्ला वन कर्यालयको आयोजनामा गरिएको थियो ।

तस्वीर अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *