साताको तस्वीर : मगर दिवस !

संझना तामाङ / बागलुङ २०७३ फागुन १५ । मुलुकभर आज ३५ औँ मगर दिवस मनाईदै छ । गत वर्षहरुमा जस्तै यस वर्षपनि बागलुङ जिल्लाका बिभिन्न भागहरुमा मगर समुदायले मगर दिवस मनाई रहेका छन् । बागलुङ जिल्लाको पश्चिम केन्द्र बुर्तिवाङ बजारमा मगर सेवा केन्द्र बुर्तिवाङद्वारा विभिन्न कार्यक्रमको आयोजना गरी मगर दिवस मनाईदै गरेको अवस्था छ ।

बागलुङ सदरमुकाममा मगर समुदाय विद्यार्थीहरु लगायत मगरसग आवद्ध विभिन्न संघ संस्थाहरुले जातिय भेषभूषामा सिँगारिएर जातिय संस्कृति झल्किने नृत्य तथा गीत गाउँदै नगर परिक्रमा गरेका छन् । प्रस्तुत छ, बागलुङ बजारमा निकालिएको मगर समुदायको नाँचगान सहितको विशेष जुलुस ।

यस्तो थियो,२०७० सालको मगर दिवसको जुलुस । तस्वीर- किरण आचार्य, इबागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *