Menu

११ बर्षिया नाबालिका वलात्कार गर्ने आरोपी पक्राउ !

प्रेम सुनार, गुल्मी २०७५ असार १४ । गुल्मीको हस्तीचौरमा तिन दिन अघि ११ वर्षिया नावालिका वलात्कारको अभियोगमा त्यहाँको एक पुरुषलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

ईस्मा गाउँपालिका वडा नम्वर–२ , साविक हस्तीचौर–७ ढाँडा गाउँका ३९ वर्षिय प्रेमबहादुर कार्कीलाई गएराति १२ वजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार व्दिवेदीले जानकारी दिए ।

उनका अनुसार निजले असार ११ गते साँझ करिव ५ वजेको समयमाा आफ्नो घरमा जाने पाईपमा पानी लगाउन जाने क्रममा ती ११ वर्षिया वालिकालाई घर मै वोलाएर वलात्कार गरेको उजुरी वुधवार दिउँसो हस्तीचौर प्रहरी चौकीमा परेको थियो ।

निज फरार रहेकोमा प्रहरीले खोज्दै जाँदा सदरमुकाम तम्घासको धागीथुममा लुकेर वसेको अवस्थामा पहरीले पक्राउ गरेको त्यस कार्यालय मुद्दाफाँटका प्रमुख असई सत्यनारायण यादवले बताए । आज देखि अनुसन्धान अगाडी बढाईने जनाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *