रेसुंगा नगरपालिकाको सोँच देखेर जनताले हाने झटारो- ‘प्लाष्टिकले छेकेर’नि पहिरो रोकिएला ?’

प्रेम सुनार, गुल्मी २०७५ असार १३ । जनप्रनिधी र प्रशासनिक जवाफदेहिताको रमिता हेर्न धेरै टाढा जानु पर्दैन गुल्मीको सदरमुकाम तम्घासको एक टोलमा गएर हेरे हुन्छ । रेसुङ्गा नगरपालिका वडा नम्वर –२ मा रहेको रेसुङ्गा माध्यमिक विद्यालयले खैले मैदान बनाउने क्रममा त्यही माटो खन्न र वाहिरबाट समेत माटो ल्याएर, माटैको पहाड बनाई रहेको छ ।

अविरल वर्षाका वेला त्यस विद्यालय तल वडा नम्वर–१ का जनताको घर त्यहाँको माटो बगेर उच्च जोखिममा परेका छन् । महिनौ अघि देखि माटो ब्यवस्थापन गर्न त्यस टोलका वासिन्दाले विद्यालय परिवार देखि जनप्रतिनिधीहरु संग अनन्य विनय गरेको पनि धेरै भयो ।

तर सुन्ने कुनै निकाय नै नभए जस्तो त्यहाँका वासिन्दाले महशुस गरेका छन् । कसै बाट सुनुवाई नभए पछि जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मा कहाँ पनि निवदेन लिएर पुगे । प्रजिअ शर्माले नगरपालिकाको जिम्मा दिए ।

एक हप्ता भयो नगरपालिकामा पत्र पुगेको उसले पनि अव कस्को थाप्लोमा हाल्ने हो । यति वेला अविरल वर्षा चलिरहेको छ । त्यहाँको माटो वगेर ६ घर धुरी रातमा त्रासमा बाँच्नु परेको छ । माथीबाट रातो माटो बग्दै छ तलका वासिन्दाले सोहोर्दै छन । माथी विद्यालयलाई सोहोर्न पनि परेन र अहिले पुरिएर पनि कोही मरी हालेको छैन भन्न ठानेर होला सुनुवाई हुन सकेको अवस्था छैन ।

जनप्रतिनिधीहरुको ध्यानकृष्ट गराउँदा यति सम्म भन्न भ्याएकी प्लाष्टिक लगाएर रोकथामको प्रयास बारे पनि सोचिएको छ । यो दुनियाँमा प्लाष्टिकले पहिरो रोकिने भए किन विभिन्न खाले पर्खाल ढल नालीको निर्माण गर्न पर्दथ्यो होला । हुन त अहिलेका आधुनिक जनप्रतिनिधीहरुको ताजा र वैज्ञानिक सोच पनि त्यो सम्भव होला ।

तर स्थानिय भन्छन–‘पहिरो पनि कही प्लाष्टिकले रोकिएला ? वडा नम्वर २ का वडाध्यक्ष भन्छन्–‘ हामी त्यहाँका जनता प्रति एकदम चिन्तित र गम्भीर छौं । आजै विहान तल डोजर लगाएर खाडल खनि प्लाष्टिक पोखरीको रुपमा पानी जम्मा गर्ने र माथी पनि प्लाष्टिकले छेक्ने सम्मको छलफल भएको छ । ’ उनि त्यसै विद्यालय व्यवस्थापन समितिका सदस्य पनि हुन । व्यवस्थापन समितिका अध्यक्ष जयश्वर पन्थी नै जिल्ला प्रशासन कार्यालय मुद्दा फाँट प्रमुख भएकोले झन उनि गम्भीर नहुने त कुरै भएन । उनले भने यस विषयमा हामी एकदम चिन्तित र गम्भीर छौं ।

त्यस्तै वडा नम्वर १ का वडाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे पनि असाद्धै चिन्तीत र गम्भीर देखिए । ध्यानाकृष्ट गराउँदा भर्खरै फोनमा भने म असाद्धै चिन्तीत र गम्भीर छु भर्खरै गाडी लिएर त्यस तर्फ हिडी हाँले ।

उता मेयर डिल्लीराज भुसालको ध्यानाकृष्ट गराउँदा पनि उनि अहिले भर्खरै त्यहाँ उडेरै पुग्छन कि जस्तो गरी आफ्ना भनाईहरु राखे । तर यो समाचार लेख्ने वेला सम्म कोही पुगेको छैन । चिन्ता ब्यक्त गर्नेहरु सवै भए । स्थानियले ब्यङ्ग गर्दै भने मुखको टुँडोमा गोहीका आँशु बगाउने मात्रै हुन सवैले तर जवाफदेहिता कसैबाट पाएनौं ।

त्यस विद्यालयका प्रधानध्यापक प्रेमनारायण भण्डारीले पनि स्थानियलाई त्यहाँको माटोले पारेको समस्या प्रति ठुलो चिन्ता ब्यक्त गरे । अहिले वर्षायाममा हुने सम्भावित जोखिमलाई वर्षायामका मुख सम्म डोजर चलाउदा बुझेको भए अहिले प्रधानध्यापक भण्डारीलाई यति साह्रो चिन्ताले पिरोलिन पर्दैन्थ्यो कि ? भनेर स्थानियले ब्यङ्ग गरे ।

प्रमुख जिल्ला अधिकारी शर्मा अवकास लिएर भोलि घर तिर हिड्ने भए । अव आउने सिडियोको थाप्लोमा आउला । एक जना जनप्रतिनिधीले यति सम्म भने कि भोली केहि भयो भने मिलेर गरौंला । अर्थात मरेका वाउलाई केरा ? केहि घटना भयो भने मिलेर गर्न खोजेका हुन उनले ।
विपद न्युनिकरणका लागि गोष्ठीका मासु चिउरा चपाउने र खामा पटाउनेहरुले त्यस वेला निकै जवाफदेहिता ओकलेको पाईन्छ । तिनै खामावालाहरु संगै बुझ्ने हिड्ने र जनतालाइ बाढी पहिरोबाट बच्नलाई सु–सुचित गर्छु भन्दै सम्वन्धित कार्यालयमा विभिन्न मिडियाको हवला दिदै यसै समाचारदाता सहितको टोलीहरु धाउने गर्छन भन्छन स्थानियहरु ।

घर जोखिममा परेका शिवबहादुर रायमाझी, कपिल महत , पदमबहादुर घर्ति, आरती गुरुङ्ग, कमल पन्थी र नेत्रप्रसाद पन्थीहरुले भने–‘ तपाईहरु विज्ञापन खोज्न त कार्यालायहरुमा निकै धाउनु हुन्छ तर यहि नजिकै सदरमुकाममा हामीले यस्तो जोखिम मोलेर वसेको हेर्न आउनु भा’को छ । अझ तपाईहरु दुर–दराज गाउँका जनताको समस्या उठाउन जानु होला ? ’

उनिहरुले यसरी सवै पक्षलाई ब्याङ्ग गरे कै जवाफदेहिता शुन्य ठानेरै होला । त्यस जोखिममा परेको टोलमा पुगेर तयार पारेको रिर्पोटरको यो डायरीले पढ्न साथ उडेरै पुगेर माटोको त्यो पाहड पर्खालले छेक्ने हुन कि वा उनिहरु कै वैज्ञानिक प्रविधि–प्लाष्टीकले छेक्ने हुन ? त्यो भने हेर्न बाँकी छ ।

तस्वीरः यहि हो पलाष्टिकले रोक्ने सम्मको वैज्ञानिक सोच राखिएको स्थान

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *