Menu

‘सीधा कुरा जनतासँग’ माथि परेको उजूरी छानवीनलाई लिएर सामाजिक सञ्जालमा धम्की दिने पक्राउ !

काठमाडौं, २०७५ असार १३ । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई अमर्यादित शव्द प्रयोग गरी धम्की दिने कार्यमा संलग्न ललितपुर बागडोल बस्ने ईलाम, ईलाम नगरपालिका-६ तिल्केनीका ५० वर्षीय विनोद गौतम र नवलपरासी सुनवल नगरपालिका(४ का ३६ वर्षीय बिष्णु ढकाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

न्यूज २४ टेलिभिजन मार्फत् प्रसारित ‘सीधा कुरा जनतासँग’ माथि परेको उजूरी छानवीनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शव्दहरु प्रयोग गरी पोष्ट र कमेन्ट गरी प्रेस काउन्सिल तथा पदाधिकारीलाई ज्यान मार्ने समेतका धम्की दिई त्यस्ता सामग्रीहरुको पोष्ट गर्ने कार्यमा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा विनोदलाई काठमाडौं टेकुबाट र विष्णुलाई नवलपरासीको सुनवलबाट महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विद्युतीय कारोवार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *