Menu

सिगानामा जेष्ठ नागरिकहरुलाई नि:शुल्क आँखा शिविर : ६० जनालाई चश्मा वितरण !

बागलुङ २०७५ असार १३ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जेष्ठ नागरिकहरुका लागि आँखा शिविर बानपा ८ सिगाना स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।

शिविरमा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले ८९ वर्षिय जेष्ठ नागरिक मणिरत्न गौतमलाई चश्मा प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक प्रसाद तिवारीले पनि जेष्ठ नागरिकहरुलाई चश्मा वितरण गरेका थिए ।

शिविरमा ९० जना जेष्ठ नागरिकहरुको आँखा परीक्षण गरिएको थियो भने ८० जनालाई चश्मा वितरण गरिएको स्वास्थ्यकर्मी प्रकाश घिमिरेले जानकारी दिए ।
शिविरमा प्राविधिक सहयोग नेत्रज्योति संघको रहेको थियो । सो अवसरमा निशुल्क औषधी पनि वितरण गरिएको थियो ।

कार्यक्रम वडा अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा भएको थियो भने स्वागत भाषण रमेश जीसीले गरेका थिए । कार्यक्रमको सन्चालन सि अहेब विष्णु पौडेलले गरेका थिए ।

तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *