Menu

छिस्तीमा जनजाति वडा समन्वय समिति गठन

बागलुङ, २०७५ असार १३ । जैमिनी नगरपालिका—८ छिस्तीमा आदिवासी जनजातिहरुको भेला सम्पन्न भएको छ । भेलनले दुर्गाबहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय आदिवासी जनजाति वडा समन्वय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कुलबहादुर पुन, सचिवमा तिलकुमारी थापा, कोषाध्यक्षमा होमबहादुर थापा, सहसचिवमा कल्पना थापा रहेका छन् । सदस्यहरुमा पूर्णा श्रीस, हिरा थापा, दुर्गा थापा र तिलक थापा रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल आदिबासी जनजाति महासंघ प्रदेश नम्बर ४ का सचिव ओमकार थापाले पछाडी पारिएको आदिवासी जनजातिको उत्थानका लागि आफै सक्रिय हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा तिलकुमारी थापाले समेत मन्तव्य व्यक्त गरेकी थिईन् ।
कर्णसिंह पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कल्पना थापा र सञ्चालन दुर्गा थापाले गरेका थिए । कार्यक्रममा उपस्थीत ८० जनालाई प्रशिक्षण समेत दिईएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *