हस्ताकला संघको आयोजनामा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङ २०७५ असार १२ । नेपाल हस्तकला महासंघको आयोजना र बागलुङ हस्तकला सघंको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हस्तकला सघंको समस्या पहिचान तथा सुझाव संकलन बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले पहिचान र प्रबद्र्धनको लागि सबै लाग्नुपर्ने बताएका छन । कार्यक्रममा नगरप्रमुख जनकराज पौडेलले स्थानीय क्षेत्रमा यसको पहिचान,उत्पादन,प्रबद्र्धन र विकासको लागि सक्दो सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा नेपाल हस्तकला महासघंका केन्द्रिय उपाध्यक्ष होमनाथ उपाध्याय,घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख नारायण न्यौपाने,केन्द्रिय सदस्य तथा कास्की पोखरा हस्तकलाका अध्यक्ष हिरा भट्टराई,बागलुङ उद्योग बाणिज्य सघंका अध्यक्ष जयरा मभारी,बानपा २ का वडा अध्यक्ष जिवन आर्चाय,नेपाल सेरामिक्स उद्योग ( सिमिका) केन्द्रिय सदस्य दिलकृष्ण प्रजापति,नेपाल हस्तकला महासघंका योजना प्रमुख मनोमहन मल्ल,समाजसेवी देवबहादुर श्रेष्ठ लगाएले आ आफनो धारणा राखेका थिए ।

केन्द्रिय उपाध्यक्ष उपाध्यायको अध्यक्षता, बागलुङ हस्तकला सघंकी संस्थापक अध्यक्ष इन्द्र श्रेष्ठको स्वागत, संस्थापक संरक्षक प्रेम छोटाको धन्यवाद मन्तव्य र सचिव पुप्पकिरण शैजुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *