बागलुङ बहुउद्देश्यीय सहकारीको स्थापना दिवसमा योगदानीहरुलाई सम्मान !

बागलुङ २०७३ फागुन १५ । १७ वर्ष पहिले बागलुङ बजारमा स्थापित बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफनो स्थापना दिवसमा बिभिन्न क्षेत्रका योगदानी व्यक्तित्वलाई सम्मान गरेको छ ।

संस्थाले धार्मिक क्षेत्रमा महत्वपुर्ण योगदान पु-याउने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्का, साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने साहित्यकार काजी रोशन र, व्यवसायिक कृषि खेती गर्ने सरु बस्नेतलाई एक समारोहका वीच सम्मानित गरेको हो ।

स्थापना दिवसका अवसरमा संस्थाले एसएलसी परिक्षामामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र संस्थाका १४ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक देबबहादुर श्रेष्ठ लगायत विभिन्न व्यक्तिहरुले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीको अध्यक्षता, सह–सचिव उषा पौडेलको स्वागत मन्तव्य र सचिव योगनाथ शर्मा कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *