Menu

बरेङ गाउपालिका- १ धुल्लुबास्कोटमा पहिरोमा परी एकै परिबारका तीन जनाको मृत्यु !

कुस्मीसेरा २०७५ असार १२ । अबिरल वर्षाका कारण पहिरो गएर बरेङ गाउपलिका १ धुल्लुबास्कोटमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलका अनुसार हिँजोको अबिरल वर्षाका कारण राति लुरुङ माथीको चुत्रेनी बनबाट झरेको पहिरोले पुरिदा ४० वर्षका विष्णुबहादुर खत्री र उनकै श्रीमती वर्ष ३५ की विष्णु खत्री र काखमा रहेकी ३ महिनाकी छोरीको मृत्यु भएको हो । मृतकका अन्य दुई छोरीहरु अध्ययनको क्रममा बाहिर रहेकाले उनिहरु बाँचेको बताईएको छ । पहिरोले अन्य स्थानहरुमा समेत निकै क्षेती पुराएको स्थानीयले बताएका छन् ।

राति साढे एक बजेको समयमा ठुलो आवाज आएको थियो कता हो भन्ने थाहा नभएकाले विहान ५ बजे मात्र स्थानीय घटनास्थल पुगेको प्रजिअ खरेलले जानकारी दिए ।

प्रहरीले मृतकहरुको शव झिकी पोष्टमार्टमको लागी लैजाने तयारीमा रहेको स्थानीयले बताएका छन् । प्रजिअ खरेल केहि समय अघी घटनास्थल तर्फ प्रस्थान गरेको श्रोतले बतायो ।

पहिरोले सोही ठाउँ बस्ने राम बहादुर क्षेत्रीको घर गोठ समेत बगाएको छ । सोही गाउँपालिका-३ बाटकाचौर नयाँबजारमा रहेको हुग्दी खोलामा आएको बाढीले निर्माणाधिन हुग्दीखोलाको पक्की पुललाई समेत क्षति पु-याउनुका साथै निर्माण सामाग्रीहरू समेत बगाएको छ ।
तस्वीर- शेखर थापा, बरेङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *