Menu

डेविट घर्तीको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग !

रेडियो परिवर्तनको संयोजनमा वडा अध्यक्ष मार्फत परिवारलाई रकम हस्तान्तरण !

र्रवााम सुवेदी, बुर्तिवाङ २०७५ असार ११ । ढोरपाटन नगरपालिका वडा नं. ३ कालापोल घर भएका डेविट घर्तिको उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटेको छ । सामुदायिक रेडियो परिवर्तन संचालक समिति सदस्य लोकनाथ भुसालको अग्रसरतामा त्यहाँ रहेका नेपाली दाजुभाईहरुबाट प्राप्त सहयोग आज परिवारलाई हस्तान्तरण गरिएको छ ।

सामुदायिक रेडियो परिवर्तनको संयोजन तथा वडा नं. ३ का वडा अध्यक्ष हेमेन्द्र घर्ति मगर मार्फत ३७ हजार ६ सय ३० रुपैयाँ डेविटका बुवा हुमबहादुर घर्तिलाई हस्तान्तरण गरिएको छ । वडा नं. ३ को सामत स्थित जन कल्याण निमावि कक्षा ५ मा अध्ययनरत विद्यार्थी डेविट गत जेठ २४ गते कक्षा कोठामा सिमेन्टमा टाउँको ठोकिएर उपचारका लागि पोखरा स्थित फिस्टेल अस्पतालमा रिफर गरिएको थियो । उनको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो क्रममा स्वास्थ्य सुधार हुँदै गइरहेको अभिभावक हुमबहादुर घर्तिले बताए ।

गरिव परिवार भएकाले उपचार खर्च जुटाउन स्थानीय युवाहरुको सक्रियतामा सहयोग जुटाउने प्रयत्न भइरहेको सुरेन्द्र घर्तिले बताए । उनको अगुवाई तथा विदेशमा रहेका आफन्त तथा सहयोगदाताबाट हालसम्म ४ लाखको हाराहारीमा सहयोग जुटेको छ । सोही सहयोगबाट उपचार खर्च चलिरहेको बताइएको छ ।

यसरी नै सहयोग जुटाउने क्रममा दक्षिण कोरियामा कार्यरत ढोरपाटन नगरपालिकाका वडा वडा नं. १ का लोकथान भुसाल, विजय पुन, नं. ३ का गंगा बहादुर छन्त्याल, हेमबहादुर छन्त्याल, भ्रम छन्त्याल, रुपमान छन्त्याल, नरेन्द्र पाण्डे, विष्णु घिमिरे, लाकेन्द्र छन्त्याल, वडा नं. ५ का कमल कुवँर, वडा नं. २ का मिलन पाण्डेले उक्त सहयोग जुटाएका हुन् । सहयोग रकम रेडियो सञ्चालक समिति सदस्य भुसाल मार्फत प्राप्त भई रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले संयोजक गरि हस्तान्तरण कार्यक्रम गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *