Menu

रिभरहेड इन्टरनेशनल एकेडेमीव्दारा एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान !

टिकाराम भट्टराई, बुर्तिबाङ २०७५ असार १० । ढोरपाटन नगरपालिका वडा न १ बुर्तिबाङ तुल्सीनगरमा रहेको रिभरहेड इन्टरनेश्नल एकेडेमीमा आज एक कार्यक्रकका बिच शैक्षिक सत्र २०७४ का SEE परिक्षमा उत्कृष्ट नम्बर लिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।

एकेडेमीमाबाट २०७४ को एसईई रिक्षमा २० जना विद्यार्थी रहेकोमा पश्चिम बागलुङकै उत्कृष्ट जीपीए ३ .७५ ए प्लस ल्याउने रबिन पौडेल र ३.६५ जीपीए अर्थात ए प्लस नै ल्याउने बिशाल बि क लगायत अन्य १५ जना ए ग्रेड र ३ जना बी प्लस ल्याउने बिद्यार्थीलाई आज एकेडेमीले बधाई तथा सम्मान गर्नुका साथै सफलताको कामना ब्यक्त गरेको छ ।

कार्यक्रममा बोल्दै सस्थांपक अध्यक्ष तुल्सीराम अर्यालले उत्कृष्ट नम्बर लिई उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाईका साथै सफलताको सुभकामना समेत दिएका थिए । आफ्नो विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु डाक्टर, पाइलट, ईन्जिनियर, शिक्षक लगायतका उच्च शिक्षामै रहेको बताउँदै यो खुशीको श्रेय स्वंयं विद्यार्थी शिक्षक र अभिभावक रहेकाले अगामी दिनहरुमा आफ्ना बिद्यालयका विद्यार्थीहरुले अझ उत्कृष्ट जीपीए ल्याएर देखाउने समेट अर्यालले व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका प्रबन्ध निदेशक चन्द्र अर्याल, विद्यालयका आर्थिक संयंोजक फारम बहादुर कुवँर, सामाजिक व्यक्तित्व बल बहादुर पुन, अभिभावक जित शेरचन, हिम प्रसाद बि क ,शिक्षकका तर्फबाट केशब राज पौडेल, शिक्षिकाको तर्फबाट किरण भण्डारी लगाएतले बधाई सहित थप सफलताको शुभकामना दिएका थिए भने उत्कृष्ट जीपीए ब्+ ल्याउन सफल विद्यार्थी रबिन पौडेल र बिशाल बि क ले आफ्नो यो सफलताको श्रेय आफ्ना शिक्षक, शिक्षिका, विद्यालय सञ्चालक समिति एवंं आफ्नै अभिभावक रहेको र आगामी दिनहरुमा पनि थप मिहिनेतका साथ अध्ययन गरि आफ्नो विद्यालयको नाम उच्च राख्ने समेत बताएका थिए ।

कार्यक्रमको सञ्चालन एकेडेमीका शिक्षक चेतनारायण पौडेलले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *