Menu

पत्रकार राना प्लाष्टिक एनिमिया समस्याबाट पीडित, उपचारका लागी सहयोग संकलन शुरु !

बागलुङ २०७५ असार १० । नेपाल पत्रकार महासंघ बागलुङले आफ्ना शाखा कोषाध्यक्ष बिजय रानाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

महासंघले स्थापना गरेको पत्रकार कल्याणकारी कोषबाट रानाको उपचारका लागि १० हजार रुपैयाँ प्रदान गरेको हो । रानालाई महासंघ कार्यालमा शाखा अध्यक्ष दिल शिरीष, प्रदेश सदस्य संगम घर्ती र शाखा सचिव राम थापा ‘अविरल’ले उक्त रकम हस्तान्तरण गरेका थिए । राना प्लाष्टिक एनिमिया (शरीरले रगत उत्पादन नगर्ने) समस्याबाट प्रभावित बनेका छन् ।

उनको उपचारका लागि १२ देखी १५ लाख रुपैयाँ खर्च लाग्ने भएकाले महासंघले तत्काल कल्याणकारी कोषबाट १० हजार सहित देशव्यापी रुपमा ‘एक पत्रकार, एक सय रुपैयाँ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताए ।

‘धौलागिरीको पत्रकारिता र महासंघको संस्थागत विकासका लागि सक्रिय रहनुभएका राना आकस्मिक बिरामी भएको खबरले हामी पनि आश्चर्यमा परेका छौ,’ अध्यक्ष शिरीषले भने, ‘स्वयम्सेवी हिसावले काम गर्दै आएका उनको उपचारमा ठुलो खर्च लाग्ने भएकाले संस्थागत अपनत्व र जिम्मेवारी सम्झेर आर्थिक अभियान शुभारम्भ गरेका छौ, हामी जतिसक्दो धेरै रकम संकलन गरेर परिवारनमा ठुलो तनाव र व्यायभार नपर्ने गरि उपचारमा सघाउने प्रयास गर्छौ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *