Menu

जिल्लाका गाउँ तथा नगर सभा प्रारम्भ, बडीगाड गाउँसभामा रु ४० करोडको बजेट प्रस्तुत !

कमल पौडेल बागलुङ २०७५ असार १० । बागलुङ जिल्लाका गाउँ तथा नगर पालिकाकाका कार्यपालिकाहरुको बैठक चलिरहेको छ भने कुनै गाउपालिका तथा नगरपालिकाहरुमा गाउसभा / नगरसभा सुरु भएका छन् ।

ढारपाटन नगरपालिकाको नगरसभा सुरु भएको छ भने बागलुङ, गल्कोट र जैमिनी नगरपालिकाहरुमा नगरकार्यपालिकाको बैठक जारी रहेको जानकारी प्राप्त भएको छ । सदरमुकाम बागलुङ नगरपालिकाको नगर सभा भोलि असार ११ गते हुने भएको छ । पहिले नगरसभा असार ७ गते हुन तय भएको थियो ।

यसैबीच बडीगाड गाउपालिकाको गाउसभामा अध्यक्ष मेहरसिँह पाईजाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउसभाबाट पारित भएको छ भने सभामा उपाध्यक्ष अमर बहादुसर श्रीसव्दारा रु ४० करोड १८ लाख १४हजार ७ सय ५३ को बजेट गाउँ सभामा प्रस्तुत गरेका छन् । अहिले बजेटमाथी छलफल जारी रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *