Menu

पत्रकार सिर्जना पन्तलाई पितृ शोक

बागलुङ, २०७५ असार ९ । नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बागलुङकी सदस्य तथा धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्वाददाता सिर्जना पन्तलाई पितृ शोक परेको छ ।

बागलुङ नगरपालिका वडा नं. ३ नुवार निवासी पन्तका पिता ५४ वर्षीय जनक पन्तको शनिवार बिहान निधन भएको हो ।

स्वर्गीय पन्तप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शनिवार नै बानपा १ निरहेघाटमा अन्त्येष्टी गरिएको छ । पन्तको पार्थिव शरीरमा छोरीहरु सिर्जना पन्त, सम्झना पन्त र साधना पन्तले दागवत्ती दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *