Menu

ढोरपाटन नगर चेम्बर अफ कमर्शको अध्यक्षमा दिपक अदै नियुक्त !

छविललाल पाण्डे बुर्तिबाङ २०७५ असार ९ । नेपाल चेम्बर अफ कमर्शले ढोरपाटन नगर चेम्बर अफ कमर्शलाई आधिकारीकता प्रदान गरेको छ । नेपाल चेम्बर अफ कर्मशबाट अध्यक्षमा ढोरपाटन नगरपालिकाका युवा उद्यमी तथा व्यवसायी दिपक कुमार अदै नियुक्त भएका छन् ।

नेपाल चेम्बर अफ कर्मशका निर्देशक डाक्टर भगवान खड्काले आधिकारीकता प्रदान गरिएको पत्र पठाई ढोरपाटन नगर चेम्बर अफ कर्मश गठन भई सर्बसम्मत रुपमा तदर्थ समिति गठन भएको तथा नबगठित ढोरपाटन नगर चेम्बर अफ कमर्शका सम्पुर्ण पदाधिकारी तथा उद्योगी ब्यबसायीलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिइएको छ ।

पत्र मार्फत जिल्ला प्रशासान कार्यालय बागलुङलाई नेपाल चेम्बर अफ कर्मशको बिधानको दफा १० को उपदफा २ को ६ बमोजिम ढोरपाटन नगर चेम्बर अफ कमर्शलाई आधिकारीता प्रदान गरिएको जानकारी गराइएको उल्लेख छ ।

नवगठित ढोरपाटन नगर चेम्बर अफ कमर्शका अध्यक्ष दिपक अदैका अनुसार ढोरपाटन नगर चेम्बर अफ कमर्शको कार्यसमिति असार चौथो हप्ता भित्रै गठन गरिने छ ।

ब्यबसायी अदै ११ बर्ष खाडीमुलुक कतारमा रोजगारी संगै विभिन्न सामाजिक कार्यमा अग्रसरता थिए। ढोरपाटन बुर्तिबाङ सेवा समाज दोहा कतारका सस्थापक अध्यक्ष अदैले पश्चिम बागलुङमा धेरै सामाजिक काममा योगदान गरेका छन् ।

पछिल्लो समय पश्चिम बागलुङको बुर्तिबाङमा निर्माण ब्यावसाय, भुकम्प प्रतिरोधक इटा ब्लक उत्पादन र मोटर पार्टस सन्चालन गर्दै आएका अदै बुर्तिबाङ ढोरपाटन यातायात सेवा प्रा लि का कोषाध्यक्ष साथै निसीभूजी साप्ताहिक पत्रिकाको अध्यक्ष पनि हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *