Menu

गनपा- ४ खरुवा किमघाटको मोटरेबल पुलको उद्घाटन सम्पन्न !

चन्द्रमणि न्यौपाने गल्कोट २०७५ असार ९ । गल्कोट नगरपालिका वडा नम्बर ४ खरुवामा निर्मित किमघाट मोटरेबल पुलको आज एक कार्यक्रमबम बप्च गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात नगरप्रमुख गैरेले सबैले आपसी सहयोग र सहकार्य गर्दै बिकास निर्माणमा जुट्नुपर्ने बताए । उनले कम बजेटमा पनि पुल निर्माण गरेकोमा निर्मामा संलग्न सबैलाई धन्यवाद दिए ।

वडा अध्यक्ष बलबहादुर खत्रीले वडामा भएका बिकास निर्माणका कार्यहरु गल्कोट नगरपालिकाकै नमुना र पारदर्शी भएको दाबी गर्दै जिम्मेवारी पुर्बक काम सम्पन्न गर्ने निर्माण समितिलार्इ धन्यवाद दिएबम पथए ।

सो मोटरेबलपुल गल्कोट नगरपालिकाको रु ६ लाख र १ लाख ८० हजार स्थानिय जनश्रमदानबाट निर्माण गरिएको निर्माण समितिका अध्यक्ष खुम प्रसाद न्यौपानेले ईबागलुङलाई बताए ।

कार्यक्रममा नगर उपप्रमुख रेणुका काउचा, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल चुडामणि शर्मा, वडा सदस्य रुद्र प्रसाद सुवेदी, खरुवा मा बि का प्रधानाध्यापक हेमराज गैरे, प्राप्ती महिला सन्जालका पदाधिकारी र स्थानियको उपस्थिती थियो ।

कार्यक्रम वडाअध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, वडा सदस्य रबिलाल सुबेदीको स्वागत, वडाका प्राबिधिक सहायक हेम बहादुर अधिकारिको संचालनमा सप्पन्न भएको थियो ।

सोही अबसरमा गल्कोट नगरपालिकाका योजनामार्फत वडा नम्बर ४ मा निर्मित मोटरबाटो र खोपकेन्द्रको अबलोकन गर्दै योजनाहरु समयमै सम्पन्न गरेकोमा नगरप्रमुख एवं उपप्रमुखव्दयले धन्यवाद दिएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *