Menu

दुई पार्टी कार्यालयमा एउटै बोर्ड , बोर्ड जस्तै एउटै भएर अगाडि वढ्नु पर्नेमा नेताहरुको जोड !

निर्मल पौडेल पर्वत २०७५ असार ९ । पुराना वोर्डहरु हटाएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतका दुई पार्टी कार्यालयमा एउटै बोर्ड राखिएको छ । शुक्रवार नेकपा पर्वतले औपचारिक कार्यक्रम गरेर दुई कार्यालयमा एउटै बोर्ड राखेको हो । सदरमुकाम कुस्माको मैत्रीचोकमा रहेको साविकको नेकपा(एमाले)को जिल्ला कार्यालय भवन र लभ्ली डाडाँमा रहेको माओबादी केन्द्रको जिल्ला कार्यालय भवनमा नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले एउटै बोर्ड राखेका थिए ।

वोर्ड परिवर्तन गर्दै केन्द्रिय सदस्य हमालले दुई पार्टी एक भएपछि पार्टीका कार्यकर्ताहरुमा पनि एकता आत्मिक अपनत्व हुनुपर्ने भन्दै पुराना मानसिकतालाई हटाउनुपर्ने वताए । त्यस्तै हमालले वाम एकतालाई सुदृढ वनाइ देश विकासको महाअभियानमा लाग्न सँम्पुर्ण कार्यकर्ता हरुलाई आग्रह समेत गरे । ।

उनले पार्टीको जिल्ला नेतृत्व र तत्ला तहका कमिटीहरु पनि अब छिट्टै एकिकृत भैसक्ने जानकारी दिए । कार्यक्रममा नेकपा(एमाले) का पुर्व केन्द्रिय सल्लाहकार सदस्य कल्पना चापागाई, नेकपा पर्वतका जिल्ला नेताहरु भक्त कुवँर, गोबिन्द पहाडी र ढाकाराम गौतम सन्देश प्रखर युवा नेता शंकर गिरी, मिनराज केसी अविरल लगायतले पार्टी एक भएकाले अब एक एकढिक्का भएर अगाडि वढ्नुपर्नेमा जोड दिइका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *