Menu

तिम्रो माया भन्दा मैले गर्ने माया बढी छ प्रिय !

सबिता खत्री ‘जिज्ञासु’

यादै यादमा आँखाबाट आशु सुकाउदै छु आज
मनका सारा ब्यथा मनभित्रै लुकाउदै छु आज ।
मेरो मनको प्रिय मान्छे म देखि किन टाढिदैछौ?
तिम्रै कारण मैले मन मुटु सारै दु:खाउदै छु आज ।

*
तिम्रो माया भन्दा मैले गर्ने माया बढी छ प्रिय
समाली राखे मैले दिएको उपहार घडी छ प्रिय
मन बुझाउन सक्छौ कि सक्दैनौ थाहा छैन मलाई
तर त्यहा तिम्रो महल यहाँ मेरो झुपडी छ प्रिय

**
सधैखुसी बनाइदिने भगवान लाई पुझेनौ किन?
मैले मनै देखि गरेको माया तिमी बुझेनौ किन ?
सम्झिएर रुदा रुदै आँशुको तलाउ बनिसक्यो
तर तिमी म रुदा आँशुको भेलमा रुझेनौ किन ?
***

ताराखोला गाउपालिका-३
बागलुङ
२०७५ असार ९ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *