Menu

गल्कोट नगर चम्बर अफ कर्मशलाई आधिकारिकता प्रदान, अध्यक्षमा खत्री चयन !

घनश्याम गौतम, गल्कोट २०७५ असार ८ । नोपाल चेम्बर अफ कमर्शले गल्कोट नगर च्याम्बर अफ कर्मशलाई आधिकारीकता प्रदान गरेको छ । नेपाल चेम्बर अफ कर्मशका निर्देशक डाक्टर भगवान खड्काले आधिकारीकता प्रदान गरिएको पत्र पठाई गल्कोट नगर चेम्बर अफ कर्मश गठन भई सर्बसम्मत रुपमा तदर्थ समिति गठन भएको तथा नबगठित गल्कोट नगर चेम्बर अफ कर्मशका सम्पुर्ण पदाधिकारी तथा उद्योगी ब्यबसायीलाई बधाई सहित सफल कार्यकालको सुभकामना दिइएको छ ।

उक्त पत्रमार्फत जिल्ला प्रशासान कार्यालय बागलुङलाई नेपाल चेम्बर अफ कर्मशको बिधानको दफा १० को उपदफा २ को ६ बमोजिम गलकोट नगर चेम्बर अफ कर्मशलाई आधिकारीता प्रदान गरिएको जानकारी गराइएको उल्लेख छ ।

नेपाल चेम्बर अफ कर्मशबाट अध्यक्षमा गल्कोटका उद्योगी केयरसिंह खत्री नियुक्त गरिएको छ ।

्नवगठित गलकोट नगर चेम्बर अफ कर्मशका अध्यक्ष खत्रीका अनुसार गल्कोट नगर चेम्बर अफ कर्मशको कार्यसमिति असार तेश्रो हप्ता भित्रै गठन गरिने छ ।

युबा ब्यबसायी केयरसिंह खत्रीले करिब १ दशक देखी गल्कोटमा निर्माण ब्यबसाय सञ्चालन गदै. आएका छन् । खत्री गल्कोट यातयात प्रालिका अध्यक्ष हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *