Menu

गल्कोटका महिलाहरु सामाजिक कार्यमा अग्रसर भएकोमा नगर प्रमुख तथा उपप्रमुखबाट प्रशंसा !

गुमानसिँह भण्डारी, २०७५ असार ८ । गल्कोट नगरपालिका ८ काँडेबास झारमौरामा ग्रामीण महिला आत्मनिर्भर समाजको भबनको नगरप्रमुख भरत शर्मा गैर र उपप्रमुख रेनुका काउचा मगरले एक समारोहवीच संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

शिलान्या सपछ बोल्द्र नगरप्रमुख गैरेले पछिल्लो समय महिलाहरु सामाजिक कार्यमा अग्रसर भएको भन्दै प्रशसा गरे । नगरप्रमुख गैरेले महिलाहरु बिकास निर्माण र सामाजिक कार्यमा अग्रसर बन्न थालेको भन्दै यसले समृद्ध गल्कोट निर्माणका लागी सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । समाजमा महिलाहरुले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिका भित्र हुने बिकासका कार्यहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गैरेले प्रक्रियागत रुपमा आउने योजनाहरुलाई आफुहरुले प्राथमिकता दिने बताउदै भबन निर्माण कार्यमा सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख काउचा मगरले महिलाहरुले सामाजिक कार्यमा देखाएको चासो र सहभागिताको प्रशंसा गर्दै ग्रामीण महिला आत्मनिर्भर समाजको नाम अनुसारको कार्य गर्न लागेकोमा धन्यबाद दिईन् । उनले जुनसुकै कार्य सम्पन्न गर्नको लागी पनि आत्मनिर्भर हुनु पर्ने बताउदै गल्कोट नगरपालिकाले महिला भबनको निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा नेपाली काँग्रेस गल्कोट नगरपालिका वाड नम्बर ८ का कार्यबाहक सभापती ढालिन्द्र प्रसाद गौतम र नेपाल कम्युनिस्ट पार्टीका आत्मराम शर्माले आफुहरुले निर्माण कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रममा वडा सचिब सुभास सुनार सामाजिक परिचालिका अनिता कंडेल लगायत स्थानिय महिलाहरु समाजसेबी बुद्धिजीवी लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो ।

कार्यक्रम ग्रामीण महिला आत्मनिर्भर समाजका अध्यक्ष रमा उपाध्यायको अध्यक्षता, वडा नं ८ का कार्यबाहक अध्यक्ष घनश्याम चालिसेको स्वागत मन्तब्य र समितिका सचिब नम कुमारी सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *