Menu

आजको तस्वीर : जब्रो मुनीको बास, चुरेलाबासीलाई सन्त्रास !

शव्द/चित्र : टिकाराम भट्टराई बुर्तिवाङ २०७५ असार ७ । जिल्लाको पश्चिम व्यापारिक केन्द्र एवं नयाँ शहर बन्दै गरेको बुर्तिवाङ बजारमा ठुला ठुला जब्राहरु आकर्षण र सन्त्रासको मिश्रण बनेका छन् । ढोरपाटन नगरपालिका- ३ चुरेलाबासको अजङ्को जब्रो र बुर्तिवाङ बजार नजिकै तमान खोला किनारमा उभिएको दुले जब्रो (पहरो) हेर्न लायक छन् । केहि वर्ष पहिले सम्मत यहि दुले जब्रोबाछ छिरेर स्थानीहरु आवत जावत गर्थे ।

भूजी र तमानखोलाबीचको चुरेलाबास बजारमा रहेको अजङको जब्रोले वर्षातको समयमा स्थानीयमा सन्त्रास उत्पन्न हुने गरेको चुरेलाबासीले बताउ छन् । नयाँ मानिसहरु जस्ले यस जब्रो र जब्रो मुन्तिर रहेको बजारबस्तीलाई हेर्छन् उनिहरु डराउछन पनि भगवानका कृपाले त्यस्तो दुर्घटना नहुने कुरामा स्थानीय विश्वस्त छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *