Menu

गल्कोट नगरपालिका – ९ को बस्ती भेला सम्पन्न !

मित्र खरेल, गल्कोट २०७५ असार ७ । गल्कोट नगरपालिका ९ वडा कार्यालयले आगामी आबको लागि योजना छनोट गरी प्राथमिकता निर्धारण आयोजना गरेको बस्तीभेला सम्पन्न गरेको छ । भेलामा वडा नं ९ छिस र रिश्मीका जनताहरुले आआफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । प्रस्तुत योजनाहरु साना ठुला दुबैखाले भएको वडा सदस्य अम्विका सापकोटाले ईबागलुङलाई बताईन् ।

मोटरबाटो, गोरेटो बाटो, सिँचाई कुलो, विद्युतीकरण, पर्यटकीय क्षेत्र पूर्वाधार निर्धारण, मठमन्दिर निर्माण देखी खानेपानी, सरसफाई, भूक्षय रोकथाम, तटबन्ध निर्माण सम्मका योजनाहरु माग भएको वडा सचिव आनन्द प्रसाद शर्माले बताए । यस वडामा विकासका कुनैपनि पूर्वाधार नभएको वडा कार्यालय पनि विद्यालय भवनमा राखिएकोले नगरपालिकाले यस वडालाई विशेष ध्यान दिनु पर्ने बताईएको छ ।

बस्ती बस्तीबाट प्राप्त समस्याहरुको पहिचान गरी अल्पकालीन र दीर्घकालीन योजनाहरु छनोट गर्नुपर्ने, नगर प्रदेश र केन्द्र सम्मबाट योजनाहरु माग गरिने वडा अध्यक्ष तेजबहादुर थापाले बताए ।

लक्ष्मी नारायण आधारभूत विद्यालयमा सम्पन्न भेलाको अध्यक्षता वडा सदस्य धर्मदत्त सापकोटाले गरेका थिए भने सन्चालन वडा सचिव शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *