गल्कोटको ६० प्रतिशत भुभाग बन क्षेत्रले ढाकेपनि ५ प्रतिशतले फाईदा लिन सकेका छैनन-गैरे

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ७ । जिल्ला बन कार्यालय बागलुङको आयोजनामा गलकोट नगरपालिका २ नरेठाटीमा सगैरेञ्चालन गरिएको बन, वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा ले बन कार्यालयसँग सहकार्य गरेर नगरपालिकाले बन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

गैरेले गल्कोटका करिब ६० प्रतिशत भुभाग बन क्षेत्रले ढाकेको भएतापनि गल्कोटेहरुले बनबाट ५ प्रतिशत पनि आम्दानी गर्न नसकेको बताए । केहि दलालहरुले भित्र भित्र बनका काठ, जडिबुटी बेचबिखन गरेर मनग्य आम्दानी गर्ने गरेता पनि स्थानिय उपभोक्ताहरुले भने बनबाट खासै आम्दानी गर्न नसकेको बताए । गैरेले गल्कोटका भएका बनहरुको अनुगमन, अवलोकन गरि त्यहाँ भएका जडिबुटी, बन्यजन्तु, काठदाउरा आदीको संरक्षण र बजारीकरणका लागी नगरपालिकाले बन कार्यालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले गल्कोटमा भएका बनहरुलाई आम्दानीको स्रोतका रुपमा प्रयोगमा ल्याउनतर्फ ध्यान केन्द्रित गनुपर्ने बताईन् । बनको भुगोल, माटो आदीको परिक्षण गरि त्यहाँ उत्पादन हुने बोटबिरुवा लगाई आयआर्जनतर्फ ध्यान दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारीले वडा भित्रको सामुदायीक बनहरु पछिल्लो समय प्रयोगबिहीन बन्दै गएको बताउदै स्थानियहरु पछिल्लो समय ग्याँस चुलोको प्रयोगतर्फ आकर्षित भईरहेको भन्दै सामुदायीक बनतर्फ स्थानियको चासो कम भएको बतए ।

वडा नम्बर ३ का अध्यक्ष वीरजङ भण्डारीले जिल्ला बन कार्यालयले यहाँ पाईने जडिबुटीको पहिचाहन गरि जनप्रतिनिधि र स्थानियलाई जानकारी गराउन सके आयआर्जन गर्न सजिलो हुने बताए । उनले पछिल्लो समय बनमा झाडीको मात्रा बढि रहेको भन्दै यसको प्रयोगलाई सहज बनाउनका लागी बनले सहयोग गनुपर्ने बताए । वडा नम्बर ४ का अध्यक्ष बल बहादुर खत्रीले निलुवामा बिभिन्न प्रजातिका जडिबुटी पाईने भएकाले यसको परिक्षण गरि आम्दानीतर्फ जोड दिन बन कार्यालयलाई आग्रह गरेका थिए । वडा नम्बर ८ का कार्यावाहक अध्यक्ष घनश्याम चालिसेले काडेबासको उच्च स्थान थालेपोखराका बनको संरक्षणमा बन कार्यालयले ध्यान पु¥याउन जरुरी रहेको बताउदै थालेपोखरामा बिभिन्न प्रजातिका बोटबिरुवा र बन्यजन्तु भएका कारण यसको लागी बन कार्यालयले सक्दो सहयोग गनुपर्ने बताए । वडा नम्बर ९ का अध्यक्ष तेज बहादुर थापाले हालसालै निर्माण गरिएका मोटरबाटोमा पहिरो गएका कारण पहिरो ब्यवस्थापन गर्नका लागी पहिरोको छेउछाउमा कस्ता खाले बिरुवा लगाउन सकिन्छ भन्ने बिषयमा आफनो जिज्ञासा ब्यक्त गरेका थिए । त्यस्तै वडा नम्बर १० का अध्यक्ष तिलक घर्तिले पाण्डवखानीको रमुवा जडिबुटिको राम्रो सम्भावना भएको ठाउ भएको हुदाँ बन कार्यालयले उपयुक्त ब्यवस्था मिलाउन सके त्यहाँका जनताहरु ज्डिबुटीबाटै लाखौ आम्दानी गर्न सक्ने बताए । उनले जडिबुटीको संरक्षणमा संम्बन्धित निकायले ध्यान नदिदाँ रमुवामा पाईने पाचऔले, लौठसल्ला, बिष, रोतो च्याउ, साधारण च्याउको अबैध चोरी निकासी भएको बताए । उनले त्यसको संरक्षणका लागी स्थानियलाई उत्पादनका लागी सामुदायीक बनलाई समुहगत रुपमा स्थानियले प्रयोग गर्ने र जडिबुटि संरक्षण र बजारीकरणको ब्यवस्था मिलाउनका लागी बन कार्यालयलाई आग्रह गरे ।

कार्यक्रमको सहजिकरण गर्दै जिल्ला बन कार्यालय बागलुङका अधिकृत बिशाल घिमिरेले बर्षातको समयमा मोटरबाटोमा गएको पहिरोको छेउछाउ र पहिरो रोकथामका लागी बन कार्यालयमा निवेदन दिएर अम्रिसो र निगालोको बिरुवा लागाउन सकिने बताए । उनले जनप्रतिधिले राखेको जिज्ञासा गुनासोहरु सकरात्मक भएको भन्दै बन कार्यालयले बनको संरक्षण गरि स्थानियले उपयोग गरि आयआर्जन गर्न मिल्ने गरि काम अगाडि बढाउने बताए । कार्यक्रममा गल्कोट नगरपालिका भित्रका जनप्रतिनिधि, जिल्ला बन कार्यालयकाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, प्रहरी प्रसासन लगायतको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *