शैक्षिक सामग्री निर्माण तथा कक्षा व्यवस्थापन तालिम सम्पन्न !

प्रकाश ओझा, गल्कोट २०७५ असार ६ । गल्कोट नगरपालिका शिक्षा ,युवा तथा खेलकुद समन्वय शाखाको आयोजनामा शैक्षिक सामग्री निर्माण तथा कक्षा व्यवस्थापन ५ दिने तालिम बुधबार हटियामा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले शिक्षकहरुले तालिममा सिकेका सीप कक्षा कोठामा कार्यान्वयन गर्न आग्रह गर्दै गल्कोट नगर शिक्षा योजना पारित भइ सकेकाले तत्काल लागू गरिने बताए ।

कार्यक्रममा नगर शिक्षा अधिकृत प्रकाश वझाले गुणस्तरीय शिक्षाका लागि शैक्षिक वातावरण निर्माण गर्नका लागि सरोकारवालाले दायित्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रशिक्षक म्यादीका स्रोत व्यक्ति भरत पुन, सहभागी सुरेन्द्र छन्त्याल र कमलासिह खत्रीले मन्तव्य राखेका थिए । नगरपालिका भित्रका ३० शिक्षकहरु सहभागी रहेको तालिम गल्कोट नगरपालिका सामाजिक विकास समिति संयोजक हेमन्त भण्डारीको अध्यक्षता स्रोत व्यक्ति दिनेश पन्तको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *