Menu

बुर्तिबाङमा आयोजित १० दिने उद्घोषण, बोल्ने कला र पत्रकारीता तालिमको नगरप्रमुख नेपालीव्दार उद्घाटन !

योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ २०७५ असार ६ । साझा सञ्चार नेपाल प्रा लि काठमाडौंको आयोजनामा क्षमता अभिबृद्धि र सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि १० दिने उद्घोषण, बोल्ने कला र पत्रकारीता तालिमको प्रमुख अतिथी ढोरपाटन नगरपालिकाका नगर प्रमुख एवं रेडियो बुर्तिवाङका अध्यक्ष देब कुमार नेपालीले दीप प्रज्वलन गरि उद्घाटन गरेका छन् ।
प्रमुख अतिथी नगर प्रमुख नेपालीले यस क्षेत्रमा रहेका सञ्चारमाध्यमले यस प्रकारका तालिम र कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताउदै आफु र नगरपालिकाको तर्फबाट समेत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । पिछडिएको यस क्षेत्रमा यस प्रकारका तालिम र कार्यक्रमहरुको आवश्यकता अनुरुप कार्यक्रमको आयोजना गरेकाले आयोजकलाई धन्यवाद सहित नगरपालिकाको तर्फबाट नगत रु ५० हजार र रेडियो बुर्तिबाङ ९५ं.६ मेघाहर्जको तर्फबाट नगद रु २५ हजार गरि नगत रु ७५ हजार सहयोग गर्ने समेत घोषणा गरे ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, पत्रकार महासघं बागलुङका सदस्य लोकेन्द्र सुनार, रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदी, नायब सुब्बा लोक बहादुर कुवँरले शुभकामना मन्तव्य राखेका थिए ।

साझा सञ्चार नेपालका संयोजक उमा बिसीले कार्यक्रमको आचांरसहिताको बारेमा जानकारी दिएकी थिईन ।

ढोरपाटन एफएमको समन्वयमा सञ्चालित उक्त तालिममा आयोजक संस्थाका अध्यक्ष मदन खडकाको अध्यक्षता, रेडियो ढोरपाटनका तुल्सिङ सिर्पालीको स्वागत मन्तव्य र छविलाल पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साझा सञ्चार नेपाल प्रा लि काठमाडौंको आयोजना रहेको कार्यक्रमलाई रेडियो ढोरपाटन, रेडियो बुर्तिबाङ र रेडियो परिवर्तनले समन्वय रहेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *