आसन छड्केमा १६ जना कर्मचारी परे : परिचयपत्र र पोशाक नलगाउने कर्मचारीलाई कार्बाही हुन्छ – प्रजिअ

जिल्ला प्रशासन कार्यालयमा नोटिसबोर्ड सर्भिस सन्चालन, १६१८०६८५२०२३३ मा फोनगरि जानकारी लिन सकिने !

बागलुङ २०७५ असार ६ । जिल्ला प्रशासन कार्यालय बागलुङबाट बुधवार केहि सरकारी कार्यालयहरुमा आसन छड्के गरिएको छ । आसन छड्के टोली कार्यालयहरुमा पुग्दा सरकारी परिचयपत्र नभिरेका र सरकारले तोकेको पोशाक नलगाएहरुले आफुलाई कर्मचारीको रुपमा परिचय दिँईरहँदा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले तपाईहरुलाई कसरी कर्मचारी भन्ने ? खै परिचय पत्र ? यहि हो सरकारी पोशाक ? भनि आक्रोशित बनेको प्रत्यक्षदर्शीले ईबागलुङलाई बताए । श्रोतले भन्यो, कुनै कार्यालयमा त कर्मचारीहरु क्याम्पसका विद्यार्थीहरुजस्तै पोशाक लगाएर कम्प्युटरमा झम्मिएको अवस्थामा भेटिएका थिए ।

प्रमुख जिल्ला अधिकारी खरेलज्यूं जिल्ला स्वास्थ्य कार्यालय, धौलागिरी यातायात कार्यालय, सिँचाई बिकास डिभिजन, सडक डिभिजन, जिल्ला बन कार्यालयमा पुगेर आसन छड्के गर्दा १६ जना कर्मचारीहरु बिना परिचयपत्र र बिना सरकारी पोशाक (सरकारी ड्रेसकोड)मा भेट्टिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले बताए ।

प्रमुख जिल्ला अधिकारी खरेलज्यू सिँचाई डिभिजन कार्यालय पुग्दा बाहिर बोर्डमा कार्यालय प्रमुख भित्र लेखिएको भएपनि भित्र प्रमुखको कुर्सी रित्तै थिया,े प्रशासकीय अधिकृत पन्तले भने धौलागिरी यातायत कार्यालयमा पुग्दा लामो लामो रौँ पालेका एकजना व्यक्ति उल्टोमुख क्याप लगाएर कम्प्यूटर चलाएर बसिरहेका थिए, प्रजिअज्यूले उनको परिचय माग्दा कार्यालयकै कर्मचारी भएको जानकारी दिए ।

आसन छड्केकै क्रममा प्रजिअज्यू जिल्ला बन कार्यालय प्रवेश गर्दा सहायक वन अधिकृत दुई जना विना परिचय पत्र र सरकारी पोशाक कार्यालयमा उपस्थित भएको पाईएको थियो उनले भने ।

हामीले आजको आसन छड्केमा कस्तो अनुभव गर्नु भयो भनी प्रमुख जिल्ला अधिकारी खरेलसंग जिज्ञासा राख्दा उनले भने,कर्मचारीको पहिचान भनेकै परिचय पत्र र सरकारी पोशाक हो, न परिचय पत्र न सरकारले तोकेको पोशाक आफुखुसी बस्त्र पहिरिएर कार्यालयमा आउनु अनुशासनहीनता हुन्छ, कार्यालयमा आउने सेवाग्राहीले उनिहरुलाई कर्माचरी भनेर कसरी चिन्ने ? त्यसकारण कर्मचारीले परिचय पत्र र सरकारले तोकेको पोशाक लगाउनु अनिवार्य हुन्छ ।

सरकारले पोशाक भत्ता भनेर वार्षिक रु ७ हजार ५ सय दिएको छ अर्को महिना देखी त पोशाक.भत्ता वार्षिक १० हजार पुगेको छ, । कर्मचारीहरुले अनुशासनमा रहेर कामगर्नु उनिहरुको कर्तव्य हो । राज्यले निर्दिष्ट गरेको कुराको ेपालना गर्नु पर्छ नगर्नेलाई कार्बाही हुन्छ ।

प्रजिअ खरेलले भने हिँजो कार्यालय प्रमुखहरुको बैठकमा विना परिचय पत्र आउनु भएका वन कार्यालयका प्रमुखले सरी भनेको स्मरण गर्दै आज त्यस कार्यालमा पुग्दा उहाँले त परिचय पत्र भिर्नु भएको थियो तर दुई जना सहायक वन अधिकृतले परिचय पत्र विहीन हुनुहुन्थ्यो प्रमुखले सन्देश प्रवाह नगर्नु भएको लाग्यो, उहाँले आफना मातहतका कर्मचारीलाई परिचय पत्र र पोशाकका बारेमा भन्नु पथ्र्यो ।

आजको आसन छड्केको अनुभव सुनाउदै प्रजिअ खरेलले भने, सडक डिभिजन कार्यालयमा पुग्दा कलेजका बिद्यार्थीहरु जस्तै देखिने सेवाग्राहीहरुलाई सोद्धा उहाहरु सबै सोही कार्यालयका कर्मचारी भएको थाहा भयो, डिभिजन प्रमुख बाहेक कसैको घाँटीमा परिचय पत्र भिरेका देखिएन, यो अनुशासन भएन ।

जिल्ला स्वास्थ्य कार्यालयमा जिल्लाको विभिन्न स्वास्थ्य संस्थाहरुमा पठाउनु पर्ने ठुलो मात्रामा औषधीहरु स्टोरमा राखिएकोमा तत्कालै प्राथमिक स्वास्थ्य केन्द्रहरु बुर्तिवाङ, गल्कोट र कुस्मीसेरामा पठाउन निर्देशन दिएको प्रजिअ खरेलले जानकारी दिए ।

यसैवीच जिल्ला प्रशासन कार्यालयले आजै देखि नोटिसबोर्ड सर्भिस सेवा सन्चालनमा ल्याएको जानकारी दिँदै प्रजिअ खरेलले आज देखी जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने राहदानी नागरिकताको प्रमाणपत्र लगायतका बारेमा सेवाग्राहीले १६१८०६८५२०२३३ मा फोन गरेमा आवश्यक जानकारी प्राप्त गर्न सकिने बताए ।

स्मरणीयछ, जिल्ला प्रशासन कार्यालय बागलुङबाट गत असार ३ गते सदरमुकामा २६ कार्यालयहरुमा हाँजिरी छड्के अनुगमन गर्दा २ जना अधिकृत सहित ४८ जना कर्मचारी गैह्र हाजिर भेटिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *