ईप्रका बुर्तिवाङमा नवागत प्रहरी निरीक्षक यादव भेटघाटमा व्यस्त !

दिनेश शर्मा बडीगाड, २०७५ असार ६। इलाका प्रहरी कार्यलय बुर्तिबाङमा नवागन्तुक प्रहरी निरीक्षक ओम प्रकाश यादवव्दारा आफ्नो कार्यक्षेत्र अन्तर्गतका सरोकारवालाहरु सङ्ग भेटघाट तथा परिचयात्मक कार्यक्रम तिब्र पारेका छन् ।

यसैक्रममा उनले मंगलबार बडीगाड गाउपालिका अन्तर्गतका खार प्रहरी चौकी बडिगाड ५ खार ,इलाका प्रहरी कार्यलय भिमगिठेमा जनप्रतिनिध ,शिक्षक,बुद्धिजीवी,व्यापारी प्रहरी कर्मचारी लगायत सङ्ग परिचयात्मक छलफल गरेका छन्।

प्रहरी निरीक्षक यादव सङ्गै प्रहरी नायब निरीक्षक नारायण शर्मा, प्रहरी सहायक निरीक्षक लक्ष्मण रिजाल, ट्राफिक प्रहरी हवल्दार वसन्त पौडेलसहितको टोलीले खार प्रहरी चौकी बडीगाड ५ का प्रमुख लिलामणी भट्टराई लगायत प्रहरी कर्मचारी बडीगाड ५ का वडाध्यक्ष अर्जुन खरेल लगायत बुद्धिजीवी र स्थानियहरु सङ्ग परिचयात्मक कार्यक्रम गरेका थिए ।

इलाका प्रहरी कार्यलय भिमगिठेमा इ प्र का भिमगिठेका इन्चार्ज प्रहरी नायब निरीक्षक भोज बहादुर बानिया लगायत प्रहरी कर्मचारी, बडीगाड गाउपालिका वडा न ६,७,८,९ का वडाध्यक्ष्यहरु क्रमशः मौसम काजी क्षत्री , यम बहादुर श्रीस, कृष्ण के सी,स्थानीयबासी, बुद्धिजीवी,शिक्षक ,व्यापारीहरु सङ्ग परिचयात्मक छलफल गर्दै प्रहरी सङ्गठनले अहिले मुस्कान सहितको प्रहरी र टोलटोलमा प्रहरी भन्ने नारालाइ सार्थक पार्न लागिपरेको भन्दै समस्याहरु समाजबाट सिर्जित भएको हुदा यसको समाधानका निम्ति समाजमा नै जनचेतना फैलाउन जरुरी रहेको बताए।

उनले कानुनले नदिने बाहेकका अन्य सामान्य प्रकृतिका समस्यामा स्थानीयहरु सङ्ग समन्वय गरेर जाने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *