Menu

कुस्मीसेरामा पत्रकारीता सम्बन्धी १५ दिने तालिम सम्पन्न

कुस्मीसेरा २०७५ असार ६ । जैमिनी नगरपालिकामा १५ दिने आधारभुत पत्रकारीता तथा रेडियो कार्यक्रम उत्पादन तालिम मंगलबार समापन भएको छ ।

शुभेक्षा एफ एमको आयोजना र एस पि पब्लिकेशन तथा कम्युनिकेशन टेक्नोलोजी काठमाडौको प्राविधिक सहयोगमा जेठ २० गतेदेखी सञ्चालन भएको तालिममा बोल्ने तरिका देखी आधारभुत रुपमा समाचार लेखन, बाचन तथा कार्यक्रम उत्पादन लगाएत सञ्चार सम्बन्धीको आधारभुत ज्ञान दिइएको प्रशिक्षक सुजन प्रेमीले जानकारी दिए ।

सञ्चार क्षेत्रमा आउन चाहनेहरुको लागी आफुुले तालिम आयोजना गरेकोले यस तालिमबाट प्रशिक्षार्थीहरु खुशी भएको शुभेक्षा एफएमकी स्टेसन म्यानेजर सन्ध्या आचार्यले बताईन् । यता तालिम आफ्नो लागी निक्कै उपलब्धिपुर्ण भएकालेसिकेका कुरालाइ ब्यवहारमा लागु गर्ने प्रशिक्षार्थीहरुले बताएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *