Menu

नेपाली सेनाको टोलीव्दारा गल्कोट चरौँदी गुयलीको मोटरबाटो मर्मत पछी आवागमनमा सुविधा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ५ । नेपाली सेनाको टोलीले गल्कोट नगरपालिका ६ को मोटरबाटो मर्मत गरेको छ । अर्जुनबाण गण घोडाबाँधेको ३६ जनाको टोलीले गल्कोटको चरौँदी गुयली सेतीबेसी मोटरबाटो मर्मत गरेको हो ।

निरन्तर रुपमा पर्ने बर्षातका कारण मोटरबाटो पूर्ण रुपमा क्षति भएपछि आवतजावतमा समस्या भएको भन्दै नेपालीे सेनाले मर्मत गरेको टोलीका प्रमुख भिम बहादुर मल्लले ईबागलुङलाई जानकारी दिए ।

बर्षातका कारण मोटरबाटो हुदै बगेको भेलले स्थानिय लाल बहादुर खत्री, कर्ण बहादुर खत्री, नर बहादुर खत्री, सम्मर बहादुर खत्री, छम बहादुर खत्री, शशिधर गैरे, लिला बुढाथोकी, तेजिन्द्र बुढाथोकि, दधिराम गोतम लगायतको खेत तथा बारी पुरेको थियो ।

मोटरबाटोमा गएको पहिरोमा टोलीले जाली भर्ने र खाल्डाखुल्डी पुर्ने कार्य गरेको वडाध्यक्ष नर बहादुर खत्रीले बताए । नेपाली सेनाले गरेको कार्यप्रति गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले प्रशंसा ब्यक्त गरेका छन् ।

मोटरबाटो मर्मतका लागी स्थानियले आग्रह गरेपछि टोलीलाई मर्मतका लागी खटाएको अर्जुनबाण गणका क्याप्टेन रमेश थापाले बताए । मर्मत कार्यमा स्थानियले समेत सहयोग गरेका थिए । मोटरबाटो मर्मत भएसँगै स्थानियलाई आवतजावतमा सहजता भएको स्थानियको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *