Menu

जैमिनी-७ बेलबगरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न : शिविर प्रभावकारी – नगरप्रमुख पौडेल

कुस्मीसेरा (बागलुङ) २०७५ असार ५ । जिल्ला प्रशासन कार्यालय, बागलुङको आयोजना एवं जैमिनी नगरपालिकाको समन्वयमा सोमबार जैमिनी- ७ जैदी बेलबगरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । बिगत ६ दिनको अन्तरालमा जनतालाई घरदैलोमै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्याल बागलुङबाट सन्चालित घुम्ती शिविरको यो तश्रो श्रृंखला हो । यस अघि जेठ ३० गते गल्कोट नगरपालिका- ११ रिघामा र जेठ ३१ गते गल्कोट नगरपालिका- ३ हटियामा एकीकृत घुम्ती सेवा शिविर आयोजना गरिएको थिया ।

बेलबगर स्थित सँस्कृत माध्यमिक विद्यालयमा आयोजना गरिएको शिविरको प्रमुख अतिथी जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेलले व्यानर वाचन गरेर उद्घाटर गरेका थिए भने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खेरेलले जैमिनी- ८ छिस्तीकी वर्ष ४३ की खगिशरा थापालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरी सेवा शुभारम्भ भएको थियो ।

तत्पश्चात नगरप्रमुख पौडेल तथा ४३ वर्षमा राज्यको नागरिकको प्रमाणपत्र (सम्मान) प्राप्त गरेकी उनै खगिशरा थापाबाट १६ पुरुष तथा ५ महिला गरी २१ जना अपांगता भएकाहरुलाई अपांगताको परिचय पत्र वितरण गरिएको थियो ।

शिविरमा ८६ जना महिला र ५३ जना पुरुष गरी १३९ जनालाई नेपाली नागरिकताको प्रमाण पत्र वितरण गरिएको थियो ।

अपांगताको परिचयपत्र नपाएकै कारण सरकारी सेवा सुविधा प्राप्त गर्नबाट बन्चित रहेका ३ जनाले रातो कार्ड प्राप्त गरी मासिक रु २ हजार, पँहेलो कार्ड पाउने ६ जनाले मासिक रु ६ सय भत्ता प्राप्त गर्नेछन भने सेतो कार्ड पाउने अपांगता भएकाहरुले यातायात, अस्पताल, लोकसेवा आरक्षण प्राप्त गर्ने प्रमुख जिल्ला अधिकारी खरेलले ईबागलुङलाई जानकारी दिए ।

अपांगताको परिचयपत्र बुझेपछी भत्ता पाईने जानकारीले उनीहरु निकै प्रफुल्ल देखिएका थिए भने गाउँमै आएर परिचय पत्र वितरण गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । यस्तै नेपाली नागरिकताको प्रमाणपत्र लिने सेवाग्राहीहरुले सदरमुकाम सम्म आतेजाते गर्दाको दु:ख कष्ट र खर्चबाट बचिएकोकोमा खुशी जनाएका थिए ।

जैमिनी नगरपालिकाका नगरप्रमुख पौडेलसंग ईबागलुङले शिविरको प्रभावकारिता बारे राखिएको जिज्ञासामा शिविर प्रभावकारी रहेको बताउदै नगरपालिकाका ६,७ र ८ अर्जेवा, जैदी र छिस्तीका सेवाग्राहीहरुको उल्लेखनीय सहभागिता रहेको जनाए । मध्यवर्षाको समयमा यसरी गाउँघरमै शिविर सन्चालन गरी सेवाग्राहीलाई सेवा सुविधा प्रदान गरिएकोमा नगरप्रमुख पौडेलले प्रशन्नता व्यक्त गरेका थिए ।

वडा नं ७ का अध्यक्ष जीतबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ८ का अध्यक्ष बिजय अधिकारीको स्वागत गरेका थिए । कार्यक्रममा वडा ६ का अध्यक्ष कृष्ण थापा, संस्कृत माबि बेलबगरका प्रधानाध्यापक अरुण चालिसे, वडासचिव कलावती शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मी, डा विपिन सुवेदी, रचना आचार्य, शाअ केशव लामिछानेको उपस्थिति रहेको थियो ।

कार्यक्रमको शुभारम्भमा प्रजिअ खरेललाई नगरप्रमुख पौडेलले फुलमालाले स्वागत गरेका थिए भने आयोजकका तर्फबाट प्रजिअ खरेलले नगरप्रमुख पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा प्रधानाध्यापक चालिसेलाई खादा ओढाई सम्मान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *