Menu

ढोरपाटन नगरपालिकाव्दारा योजनाहरुको अनुगमन सुरु : ७५ प्रतिशत योजना सम्पन्न !

सुमन सुनार/योगेन्द्र विश्वकर्मा, बुर्तिवाङ २०७५ असार ४ । ढोरपाटन नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन गरेका विकास निर्माणका योजनाहरुको स्थलगत अनुगमन सुरु गरेको छ । नगरपालिकाका ९ ओटै वडामा सञ्चालित सम्पन्न तथा निर्माणाधीन योजनाहरुको अवस्था र त्यसको उपलब्धीका सम्बन्धमा जानकारी लिन र बुझने उद्देश्यले स्थलगत रुपमै अनुगमन थालिएको नगरपालिकाले जनाएको छ ।

यसैक्रममा आईतबार वडा नं. ५ र ६ मा सञ्चालित योजनाहरुको अनुगमन गरिएको छ । नगर उप–प्रमुख करमती पुन मगरको संयोजकत्वमा गठित अनुगमन समितिले वडा नं. ६ को चामिद्धार स्थीत रु ९ लाखको तुला आधारभुत विद्यालयको ३ कोठे भवन निर्माण योजना, गादीखोला स्थित रु ४४ लाख ९५ हजार ५ सयको विद्या विकास माध्यमिक विद्यालयको ४ कोठे भवन निर्माण, रु ६ लाख ३० हजारको छापडाँडा बाल शिक्षा भवन निर्माण, रु २ लाखको ओखरेनी गादीखोला, खानी, ढोरपाटन सडक निर्माण योजनाको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक तथा नगर उप–प्रमुख करमती पुनले ईबागलुङलाई बताईन् ।

त्यसैगरि वडा नं. ६ कै रु १ लाखको चामेदारको झोलुंगे पुल मर्मत योजना, रु १ लाख ३५ हजारको सैखोला सुब्जागाउँ छापडाँडा, भित्रेवन घोरेटो बाटो निर्माण योजना, रु १ लाख ८० हजारको बगाले सुब्जागाउँ डाँडाखेत सिंचाई योजना, रु ४ लाख ५० हजारको नवज्योती प्रा.वि ओखरेनी तटबन्धन निर्माण योजना, रु २ लाख ७० हजारको ओखरेनी जलविद्युत तटबन्धन निर्माण योजना, रु ४ लाखको गादीखोलामा निर्माणधिन पुल सम्म जाने मोटरबाटो निर्माण योजना लगायतका वडा नं. ६ मा निर्माणधिन तथा सम्पन्न अन्य योजनाहरुको अनुगमन गरिएको उप–प्रमुख पुनले जानकारी दिईन ।

यस्तै वडा ५ मा पनि केहि योजनाहरुको अनुगमन गरिएको छ । जस अन्तर्गत रु १ लाख ८० हजारको नमुना बाल विकास केन्द्र शिवालय मा.वि भवन मर्मत योजना, रु ४ लाख ५० हजारको शिवालय मा.विमा शौचालय निर्माण तथा मर्मत योजना, रु १३ लाख ५० हजारको भुजी मा.विमा भवन निर्माण योजना र रु १ लाख ८० हजारको सरानखेत, सिंचाइ योजनाको अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा सम्बन्धित यो जना निर्माण उपभो क्ता समितिका अध्यक्षहरु तथा उपभो क्ताहरुसंग सो धपुछ गरिनुका साथै गुणस्तरिय काम भएको छ वा छैन् त्यसको अनुगमन गरिएको थियो । त्यस्तै स्थलगत रुपमै समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिईएको थियो । योजनाहरुको अनुगमन गर्दा योजनाले छिट्टै पुर्णता पाउने, योजनाहरुमा अनियमिता तथा ढिला सुस्तीको न्युनिकरण हुने अपेक्षा लिईएको नगर उप–प्रमुख पुनको भनाई थियो । साथै अनुगमन टोलीले अनुगमनका क्रममा विभिन्न वडामा आवश्यक योजनाहरुको समेत अवलोकन गरेका थिए । बाँकी रहेका अन्य वडाहरुमा सञ्चालित योजनाहरुको अनुगमनलाई पनि तिब्रता दिईने उनले बताईन् ।

अनुगमनमा अनुगमन समितिकी संयोजक तथा नगर उप–प्रमुख पुन सहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, लेखापाल तुल बहादुर विश्वकर्मा, योजना शाखाका प्रमुख चण्डीराज पौडेल, प्राविधिक प्रमुख जुद्ध पुन लगायत पत्रकारहरुको सहभागीता रहेको थियो ।

ढोरपाटन नगरपालिकामा आर्थिक वर्ष २०७४÷०७५ मा कृषि, पर्यटन, शिक्षा, खानेपानी, संस्कृति, खेलकुद, पुर्वाधार, सिंचाई, विपद ब्यवस्थापन, भवन, उर्जा लगायतका विभिन्न ३ सय २२ ओटा योजनाहरुका लागी १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

सो बजेटबाट सञ्चालित योजनाहरु मध्य ७५% योजनाहरु सम्पन्न भएको र फच्र्यौट पनि भैसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *