जननिगरानी साप्ताहिक दोश्रो बर्षमा प्रवेश : राजभण्डारी र परियार सम्मानित

कोपिला कंडेल, बागलुङ २०७५ असार ३ । गुहेली संचार सहकारी संस्था लिमिटेडबाट प्रकाशित जननिगरानी साप्ताहिक आज देखी दोश्रो बर्षमा प्रवेस गरेको छ । कार्यक्रमको उद्घाटन प्रदेशसभा सांसद ईन्द्रलाल साप्कोटाले गरेका थिए ।

कार्यक्रममा जननिगरानी साप्ताहिकका नियमित स्तम्भकार नेपाल पत्रकार महासघं बागलुङ शाखाका पुर्ब अध्यक्ष राजेशचन्द्र राजभण्डारी र नियमित बिज्ञापनदाता जनप्रिय टेलर्सका सुजन परियारलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेश सांसद ईन्द्रलाल साप्कोटाले अवको पत्रकारिता समाज परिवर्तन र बिकासको लागि हुनुपर्ने बताए । पत्रकारिता चुनौतीपुर्ण पेसा भएको भन्दै साप्कोटाले पत्रकारिता मार्फत बाच्न सक्ने स्थितीको सृजना गर्नुपर्नेमा जोड दिए ।

कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग सालझण्डी भएर ढोरपाटन जोड्ने सडक लगायतका राष्ट्रिय गौरवका आयोजना पुरा गर्नका लागि प्रदेश सरकार र मिडियाको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए ।

त्यसैगरी काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले स्थानिय गतिबिधीलाई बाहिर ल्याउनका लागि संचारमाध्यम जिम्मेवार बन्नुपर्ने बताए ।

थापाले स्थानिय तहको बजेटमा संचारमाध्यमलाई संबोधन गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका केन्द्रिय संचालक राम बहादुर जिसी, नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष, जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतम र सम्मानित ब्यक्तित्व राजेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम गुहेली संचार सहकारी संस्थाका अध्यक्ष खिम कार्कीको अध्यक्षता,पत्रिकाका सम्पादक नविन शिसिरको स्वागत मन्तब्य र संस्थाका सहित सुर्य बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *