Menu

निरन्तरको बर्षाका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार ३ । निरन्तरको बर्षाका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सुचारु गरिएको छ । बर्षातका कारण गल्कोटको नरेठाँटी, दुदिलाभाटी खण्डमा पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग गल्कोट नगरपालिकाको पहलमा स्काभेटरको प्रयोगबाट सुचारु गरिएको नगरपालिकाका सामाजिक बिकास तथा समन्वय समितिका संयोजक हिम बहादुर भण्डारीले ईबागलुङलाई बताए ।

लामो तथा छोटो दुरीका सवारी साधन मध्यपहाडी लोकमार्ग अवरुद्ध हुदाँ अलपत्र परेका थिए । गल्कोटको दुदिलाभाटीको चाउके, काफलठुटा, नरेठाटी, हटियाको डाडाँखेत लगायतका ठाउमा लोकमार्ग अवरुद्ध बनेको थियो । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्माले दिएको जानकारी अनुसार लोकमार्ग अवरुद्ध हुदाँ साथ स्थलगत अवलोकन गरि तत्काल सुचारु गरिएको ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *