तीन पटक राष्ट्रपति रनिंग शिल्ड जितेपछी त्रिभुवन उमाबि भुवाचिदीमा हर्ष बढाई !

प्रेम सुनार, गुल्मी २०७३ फागुन १३ । गत तिन वर्ष देखि लगातार राष्ट्रपति शिल्ड कप जित्न सफल त्रिभुवन उच्च माध्यमिक विद्यालय कुर्घा ५ भुवाचीदी गुल्मीले आज भुवाचिदीमा भव्य रुपमा विजय उत्सव मनाएको छ ।

गत तिन दिन देखि चलेको जिल्ला स्तरिय आठौं राष्ट्रपति रनिङ्ग शिल्डकप प्रतियोगिताको उपाधी हात पारेर हिजो साँझ फर्किएका उक्त विद्यालयका विद्यार्थी र शिक्षकहरुले आज त्यहाँका अन्य विद्यार्थी, शक्षक र अभिभवकहरु संग भव्य रुपमा विजय जुलुस भुवाचिदी बजार वाजा गाजा सहित परिक्रमा गराई पारी ग्वादीका चौर खेल मैदानमा पुगेर सभामा परिणत भएको थियो ।

विजय सभालाई जिल्ला खेलकुद विकास समितिका सदस्य ज्ञानहरी सापकोटाले प्रमुख अतिथीको आशनबाट सम्वोधन गरेका थिए । सम्वोधन गर्दै सापकोटाले मेडल र प्रमाण पत्र सजाउन त्रिभुवन उच्च माध्यामिक विद्यालयलाई वेग्लै भवनको आवस्यकता औलाएका थिए ।

लगातार तिन वर्ष देखि राष्ट्रपति शिल्ड कप उपाधी जित्न सफल र राष्ट्रिय देखि क्षेत्रिय प्रतियोगितामा समेत यस विद्यालयका खेलाडीहरु विद्यालयका शान राख्न सफल भएको भन्दै उनले खेला शिक्षक सहतिको टिमलाई विशेष धन्यवाद र वधाई दिए । छैठौं राष्ट्रिपति शिल्डकप आफ्नै खेल मैदान बडागाउँको ग्वादीका चौरमा भएको थियो । त्यसमा पनि त्यस विद्यालयले उपाधी जितेको थियो ।

सातौं राष्ट्रपति शिल्डकपमा पनि प्रथम स्थान हाँसिल गरी आफ्नो शान कायम गरेको थियो भने यस आठौ राष्ट्रपति शिल्ड कपमा पनि कायमै राख्न सफल भए पछि स्थानियका लागि यो वर्ष पनि महाउत्सवको वर्ष बन्न पुगेको स्थानिय वरिष्ठ समाज सेवी नरहरी सापकोटाले बताए ।
कुल ३ सय ६ अंक ल्याई प्रथम भएको त्रिभुवन उच्च मावि कुर्घामा यस वर्ष पनि एथेलेटीक्समा महिला र पुरुष दुर्वमा उत्कृष्ट भए त्यस विद्यालयका छात्र धनबहादुर गन्र्धव र छात्रा खिमकुमारी राना , त्यस्तै कवड्डीमा उत्कृष्ट भईन कल्पना कार्की र भुपाल राना । त्यस विद्यालयका खेल शिक्षकहरु जितबहादुर रायमाझीको विद्यालयलाई यहाँ सम्म ल्याउन ठुलो योगदान रहेको कार्यक्रमका वक्ताहरुले बताए ।

त्यस्तै अर्का खेल शिक्षकहरु ीदपक अर्यालय र हिमाल अर्यालको पनि त्यतिकै योगदान रहेको भन्दै उनिहरुलाई विशेष धन्यवाद दिईएको थियो ।
त्यस विद्यालयका विद्याथी अभिनाष कार्की गत वर्ष देखि राष्ट्रिय खेलाडी बन्न सफल भए । त्यस्तै गत वर्ष नवलपासीमा सम्पन्न क्षेत्रिय प्रतियोगितमा गुल्मीलाई कवड्डीमा दृतिय स्थान जिताउनका लागि त्यसै विद्यालयका ९ जना खेलाडी थिए ।

एथेटिक्समा शोभा राना च्याम्पीयन बनिन् । शोभा राना ,अभिनास कार्की र कल्पना कार्की त्यस विद्यालयका शान पात्र ठानिन्छन् । उनिहरु सहित त्यस विद्यालयका ३९ जना खेलाडी वद्यालयको शानका लागि सधै प्रतिस्पधीहरु संग वाघ झै आक्रमक हुने पात्राहरु हुन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिपक केप् ि, स्थानिय वावुराम शर्मा , कमला शर्मा , नरहरी सापकोटा , प्रधानध्यापक रामबहादुर थापा , लगायतको विशेष आतिथ्यता रहेको थियो ।

विद्यालय व्यवथापन समितिका अध्यक्ष जंगबहादुर रायमाझीको अध्यक्षतामा सम्वन्न कार्यक्रममा सह प्राध्यापक कृष्णप्रसाद गौतमको स्वागत मन्तव्य र शिक्षक गोपाल रायमाझीको सञ्चालन रहेको थियो । आठौ राष्टिपति शिल्ड कपमा दृतिय स्थान धर्मपुर मावि ठुलो लुम्पेक र पृथ्वी माविले हाता पारेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *