प्रजिअ खरेल र पूर्व सेवा कर्मचारी संस्थाबीच परिचयात्मक कार्यक्रम सम्पन्न !

बागलुङ २०७५ असार ३ । पूर्व सेवा कर्मचारी संस्था बागलुङका पदाधिकारीहरुले आज प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई जिल्ला प्रशासन कार्यालयमा भेटी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष चिरन्जीवी श्रेष्ठको नेतृत्वमा संस्थाका उपाध्यक्ष महेन्द्रसिँह रायमाझी सहित गएको तेह्र सदस्यीय प्रतिनिधी मण्डलसंगको भेट कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खरेलले सस्थाको लागि आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सो अवसरमा संस्थाका तर्फबाट संस्थाको कार्यालय अफिसको लागि उपयुक्त स्थानको अभावले कहिले कहाँ कहिले कहाँ कार्यालय सारी रहनु पर्ने समस्या प्रजिअ खरेल समक्ष प्रस्तुत गरिएको थियो ।

संस्थाका तर्फबाट प्रस्तुत मागलाई सम्वोधन गर्दै कार्यालयको लागि उपयुक्त कोठा उपलव्ध गराउने बचन दिएको संस्थाका पदाधिकारीहरुले ईबागलुङलाई बताए ।

तस्बीर- अर्जुन ढकाल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *