तमानखोला गाउँपालिकामो समाजिक सचेतना सम्बन्धी परिचयात्मक तालिम

योगेन्द्र विश्वकर्मा बुर्तिबाङ २०७५ असार ३ । मालखोला गाउपालिकाको आयोजनामा सामाजमा सचेतना फैलाउने उद्देश्यका साथ ३ दिने लोकसेवा सम्बन्धी परिचय, सकरात्मक सोच उत्प्रेरणा नेतृत्व बिकास र वाचनलय सम्बन्धी शुक्रबार देखि सञ्चालित तालीम शनिवार दोसा्रे दिन पनि जारि रहेकोे छ ।

कार्यक्रममा तमानखोला अन्तर्गतका प्रत्येक वडाबाट पाँच जनाका दरले सहभागि गराउने सुचना प्रभा गरे पनि जम्मा तालिममा १६ जनाको सहभागिता रहेको गाउँपालिका लेखापाल यामबहादुर थापाले जानकारीा दिए ।

एउटा मान्छेको राम्रो परिचय बनाउनको लागि सकरात्मक सोच हुनुपर्ने बिचारमा उत्प्रेरक हुनु पर्ने नेतृत्वदाई क्षमता,राम्रो बाचन कला भयो भने जीबनयापन गर्ने क्रममा कुनैपनि समस्या आएपनि सहजै सामना गर्न सकिने भएकोले यस्तो खाले शिक्षा आर्जन गर्न अति आबश्यक रहेको बताउदै लेखापाल थापाले यस्तो तालिमको आयोजना गरिएको बताए ।

तालिमको अबसरमा लोकसेवा भनेको के हो यसको तयारी कसरी गर्ने भन्ने बारेमा पनि जानकारी गराइएको थियो ।

कार्यक्रममा सहजकताको रुपमा तमालखोला गाउपालिकाका अध्यक्ष जोकलाल बुढा, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौँतम, धौलागिरी बहुमुखी क्यम्पसका सोबियु सभापति मनिस थापा, जनजाति समन्वय समिति बागलुङका अध्यक्ष वोमबहादुर गुरुङ लगाएतले सहजिकरण गरि रहेका छन् । तालिम आज सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *