ताराखोलामा युवा नेतृत्व क्षमता बिकास तालिम सम्पन्न

पूर्णभद्र निउरे, ताराखोला २०७५ असार २ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग , युवा संजाल वडा न ४ को समन्वय र नवसृजना युवा क्लब ताराको आयोजना युवा नेतृत्व क्षमता बिकास तालिम आज ताराखोलामा सम्पन्न भएको छ ।

समापन कार्यक्रम मा बोल्दै ताराखोला गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाल ले समाज सुधार र परिबर्तन मा युवा को महत्त्व पूर्ण भुमिका हुने बताए । उनले सकारात्मक सोच र उत्साह सहित सामाजिक कार्य मा लाग्न युवा हरुलाइ अनुरोध गर्नु भयो । कार्यक्रममा विद्यार्थी नेता दिवस खत्रीले समाजमा बढ्दै गैरहेको बिकृती र बिसंगति रोक्न युवाहरुले भुमिका खेल्नु पर्ने बताए ।

वडा न ४ का करिब ७० जना युवा तथा युवतीहरु सहभागी उक्त कार्यक्रम मा सकारात्मक सोच र युवा नेतृत्व सम्बन्धमा नेपाल माबि ताराका शिक्षक रामलाल सुवेदी , कुलतबाट समाजमा हुने बेफाइदाका बारेमा वडा न ४ का अध्यक्ष जित बहादुर खत्री , लागु औसध सम्बन्ध मा ईलाका प्रहरी कार्यालय तारा खोलाका रमेश राना र सन्चार तथा उद्घोषण कला सम्बन्धी बिषय बस्तु मा पत्रकार कृष्ण कडेलले सहजीकरण गरेका थिए । सोही अबसरमा वडा न ४ का ५ वटा क्लब तथा समूहलाई खेलकुद समाग्री बितरण गरिएको थियो ।

कार्यक्रम नबसृजना युवा क्लबका अध्यक्ष पूर्ण भद्र निउरेको अध्यक्षता उपाध्यक्ष भिमा रोकाको संचालन र युवा संजालका अध्यक्ष जितु जिएमको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *