Menu

बडीगाड- २ मा योजना समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न !

कमल पौडेल, बडीगाड २०७५ असार २ । बडिगाड गाउँपालिका वडा नं. २ को आयोजनामा सार्वजनिक सुनुवाई तथा योजना समिक्षा कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ। सो कार्यक्रममा वडा नं. २ भित्र संचालनमा भएका सवै योजनाका प्रमुख तथा प्रतिनिधिहरुले योजनाको वारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा चालु वर्षमा सञ्चालित योजना संचालनमा परेका समस्या, र सुझाइएका अनुभवहरु प्रस्तुत गरिएको थियो। यो वर्ष भएका समस्यालाई अर्को वर्ष नदोहोर्याउने प्रतिवद्धता जनप्रतिनि, उपभोक्ता समितिहरुले राखेका थिए ।

सोहि समिक्षा तथा सार्वजनिक सुनुवाईमा वडा भित्रका झण्डै ७० प्रतिशत वढि योजना फरफारक भैसकेको, झण्डै ९० प्रतिशत योजना सम्पन्न भएको तथा १० प्रतिशत योजनाको काम भैरहेको र चालु आर्थिक वर्षको अन्त सम्म सम्पन्न हुने जानकारी वडा अध्यक्ष हिमा खरेलले दिईन् ।

सो कार्यक्रममा नागरिकहरुले वडा भित्र सञ्चालित आयोजना हरुको उपदेयता, समस्या र समाधानका उपायहरुको वारेमा बोलेका थिए । कार्यक्रममा वडा अध्यक्ष सहित वडा सदस्यहरु गोम वहादुर राना, जमुन विक, वडिगाड गाउँपालिकाका प्रेस सल्लाहकार कमल पौडेल, लगाएत वडामा संचालित सवै योजनाका अध्यक्षहरुले वालेका थिए ।

कार्यक्रम वडा अध्यक्ष हिमा खरेलको अध्यक्षता, वडा सचिव सुनिता पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *