ताराखोले महिला समुहले दिएको उपहार देखेर चर्चित गायिका शर्मिला गुरुङ मख्ख !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७५ असार २ । गत जेठ २९ गते मादलु बोकेर सालैजो गीतको छायांकनमा ताराखोला आएकी बहुचर्चित लोकगायिका शर्मिला गुरुङलाई बिदाईमा ताराखोला गाउपालिकाको प्रशिद्ध उत्पादन डाली तथा पछ्यौरी उपहार दिँदा मख्ख परिन् । ताराखोलाका महिला समुहको उपहार उनको लागि बिर्सिनसक्नु चिनो बन्न पुग्यो । उपहारको प्रशंसा नगरी उनको मन मानेन र उनले खुलेरै प्रशंसा पनि गरिन् ।

चर्चित गायिका गुरुङ र हरफकर (खगेन्द्र विश्वकर्मा)को स्वरमा रहेको मादलु बोकेर सालैजो गीतको अर्गल किकल्टामा छायाँकन सकेर जेठ ३० गते विहान उनी सहित छिायांकन टिमका आधा दर्जन सदस्यहरुलाई बिदाईको सिलसिलामा साबिक अर्गल गाविस वडा नं ७, ८ र ९ का आमा समुहहरुले स्थानीयरुपमा चोयाँबाट बनेको कलात्मक डाली, स्थानीय रुपमा बुनिएको पछ्यौरी र गलबन्दी उपहारलाई प्रशंसा सहित उनले आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन् ।

चर्चित गायिका गुरुङ अर्गलमा बस्दा, गीतको छायाँकन गर्दा र स्थानीय महिलाहरुसंग घुलमिल गर्दाका केहि तस्वीरहरु यहाँ प्रस्तुत गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *