Menu

आजको तस्वीर : हटियामा शैक्षिक प्रदर्शनी एवं बालमेला !

शव्द/चित्र मित्र खरेल,मल्म

गल्कोट २०७५ असार २ । गल्कोट नगरपालिका- ३ हटिया बजार स्थित गल्कोट बहुमुखी क्याम्पस प्रांगणमा शुक्रबार नगरपालिका भित्रका बिद्यालयहरुको सहभागितामा शैक्षिक प्रदशर्नी एवं बालमेला २०७५ सम्पन्न भएको छ ।

मेलाको गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेका थिए भने नगरपालिका भित्रका २२ विद्यालयहरुको सहभागिता रहेको थियो । मेलामा बिभिन्न बिद्यालयहरुका २८ स्टल रहेका थिए भने बिद्यार्थीहरु आफैले निर्माण गरेका बिबिध शैक्षिक सामाग्रीहरु प्रदर्शन गरिएको थियो । स्टलमा बसेका विद्यार्थीहरु निकै प्रफुल्ल एवं उत्साही देखिएका थिए ।

केहि वर्ष पहिले हटियामा सम्पन्न भएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरुले Robot बनाएर प्रदर्शन गरेका थिए । यस प्रदर्शनीमा पनि विद्युतीय सामाग्रीहरु प्रदर्शन गरिएको छ ।


गल्कोट नगपालिको शिक्षा शाखाको आयोजना भएको यो प्रदर्शनी एवं बालमेलाको सर्वत्र प्रशंसा गरिएको छ । सालबसालीरुपमा यस्ता प्रदर्शनीकोे आयोजना गरिएमा बिद्यार्थीमा रहेको प्रतिभा पहिचान हुने स्थानीयको बुझाई रहेको छ ।



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *