आपसी सदभावका साथ नेपाली समुदाय यूएईले मुस्लिम धर्मावलम्बीको ईद पर्व मनायो !

सचिन्द्र श्रेष्ठ,यूएई, २०७५ असार १ । नेपाली समुदायले बिभिन्न कार्यक्रम गरी मुस्लिम धर्मावलम्बीको महान पर्व ईद धूमधामका साथ सम्पन्न गर्यो । रमजान सुरु भए लगतै दुबईको प्राईभेट टेलिकम कम्पनी डू र तालेहाम च्यारिटी फाउन्डेसनसँग सहकार्य गरि करिब चौध दिनसम्म स्वयंसेवकको भूमिका निर्वाह गरि विभिन्न देशका मुस्लिम समुदायका कामदारलाई निःशुल्क खाना वितरण कार्यक्रम अन्तर्गत खाना प्याकिङ तथा वितरण कार्यक्रममा स्वयंसेवकको सहयोगी भूमिका निर्वाह गरि युएईमा नेपाल र नेपालीको सहयोगी भावना उच्च बनाउने कार्य गर्यो।

नेपालभित्रै जात र धर्मको नाममा भैरहेका विभिन्न नकारात्मक सोच र कार्यलाई चिर्न पनि नेपाली समुदाय युएईले एउटा मुस्लिम देशमा गर्न खोजेको यो कार्यलाई उदाहरणीय कार्यका रुपमा प्रस्तुत भएको यहाँका बिभिन्न संघ संस्थाले स्वीकारेका छन । गएको वर्ष यसैगरि नेपाली समुदाय युएईले काठमाडौंमा रहेको जामे मस्जिदमा करिब ४ सय ६० जनालाई ९खाना ०खुवाएको थियो । त्यसैगरि युएईको दुबईस्थित कालिमाहा इस्लामिक सेन्टर साथै सेन्टरका प्रतिनिधि अब्दुल्ला सुनिल बिसी, नेपाली मुस्लिम समुदाय युएई साथै नेपाली समुदाय युएईको संयुक्त प्रयासमा करिब डेढ सय जना रोजा (व्रत) बसेका मुस्लिम समुदायलाई एक दिनको ईफ्तारी ९खाना० खुवाईएको थियो ।

यसरी दुबई को बिभिन्न शहरहरुमा स्वयंसेवक तथा मध्यस्तकर्ताको भूमिका नेपाली समुदायले गर्दै आई रहेको छ । ‘शरीर र आत्माको मुल्यांकन द्वारा सवाप अर्थात अल्लाहको निगाहबाट पुण्य प्राप्ति हुने आस्था र मान्यताको साथ सेहेरी देखि सुर्यास्त सम्म को ३० दिने निराहार ब्रत (रोजा) पश्चात, धनी वर्गले गरिब र दीनदुखीहरुलाई समेत खुवाउनु, दान दिनु र प्रेम बाड्नु अनि आफ्ना दुष्कर्म प्रति पश्चाताप गर्दै रोजा ब्रतबाट शरीर र आत्मा शुद्धिकरण गरि मोक्ष प्राप्ति गर्नु जस्ता भाव रहेको फित्रना, जाकत र सवापको इस्लाम सांस्कृतिक महत्व संगै सामाजिक, मानवीय र बैज्ञानिक दृष्टिकोणले भरिपुर्ण यस पर्व आफैमा महान छ’ समुदाय का अध्यक्ष बिदुर राउतले बताए ।

यस संगै सम्पूर्ण बिश्व समाज हिँसा र अराजकताले व्याप्त बनिरहेको परिवेशमा परस्पर साम्प्रदायिक सदभाव ,धार्मिक सहिष्णुता ,मानवता र भाईचाराको बिश्वब्यापी संम्बन्ध स्थापीत गर्दै समतामुलक, शान्त र साझा बिश्व समुदाय निर्माणको अपरिहार्यता रहेको संदेश प्रवाह गर्न नेपाली समुदायले अग्रणी भूमिका निर्वाह गरेको अध्यक्ष राउतको भनाई थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *