ठुलो पूण्यको काम गरिएको अनुभूति भएको छ : प्रजिअ खरेल

गल्कोट २०७५ जेठ ३१ । गल्कोट नगरपालिका ३ हटिायामा सन्चालित एकीकृत घुम्ती सेवा शिविरमा व्यस्त रहेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसंग ईबागलुङले शिविरको समाचार अपडेटका लागि सम्पर्क गर्दा उनि हतारमा देखिन्थे ।

अर्गल जीप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु र दुई जना एकदमै गम्भीर अवस्थाका घाईतेहरुलाई गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याईएको दृश्यले अत्यन्तै मर्माहत अवस्थामा रहेको बताउदै प्रजिअ खरेलले भने, घुम्ती शिविर हटियामा स्वास्थ्य परीक्षण गरिरहेका डाक्टर दिपेन्द्र प्रधानलाई मोटरसाईकलमा स्वास्थ्य केन्द्र हरिचौर पठाई जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी सहित स्वास्थ्य केन्द्र हरिचौरमा पुग्दा साथ घाईतेहरुको अवस्था देखेर तुरुन्तै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीसंग सम्पर्क र समन्वय गरी घाईतेको अवस्था र दुर्गमताको जानकारी गराई नेपाली सेनाको हेलिकप्टर झिकाई दुर्घटनामा गम्भीर घाईते दुई जनालाई उद्धार गरी हेलिकप्टर मार्फत काठमाडौ पठाएर भर खर शिविरमा आएका छौँ ।

प्रजिअ खरेलले शिविरमा महिला १४५ र पुरुष १२३ गरी जम्मा २६८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको प्रजिअ खरेलले बताए । उनले रातो, सेतो र पहेँलो गरी २८ जना अपांगता भएका पुरुष महिलाहरुलाई अपांगताको परिचय वितरण गरेको जानकारी दिए ।

अर्गल दुर्घटनाका गम्भीर घाईतेहरुको उद्धारकालागि निर्बाहगरेको समन्वयकारी भूमिका प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भनी ईबागलुङले प्रश्न गर्दा, प्रजिअ खरेलले भने, ‘ठुलो पुण्यको काम गरेको अनुभूति भएको छ । हेलिकप्टर पनि समयमै आयो र दुबै घाईतेहरुलाई हेलिकप्टरमा चढाएर फर्किदा सन्तोष महसूस गरेको छु । तपाईको सन्चारमाध्यमबाटै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकहरु प्रति श्रधान्जली अर्पण गर्दै सोकसन्तप्त परिवार प्रति हार्दिक समवेदना दिन चाहन्छु ।’
तस्बीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *