अर्गल जीप दुर्घटनाका घाईतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगियो !

दिनेश खत्री, गल्कोट (हरिचौर) २०७५ जेठ ३१ । आजै दिउँसो १२.३० बजेको समयमा ताराखोला गाउपालिकाको अर्गलमा भएको जीप दुर्घटनामा गम्भीररुपमा घाईते भएका चालक सहित दुईजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

काँक्राखोरबाट अर्गलको भातखाने डाँडा जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप सडकबाट करीब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा जीपमा सवार चार जनामध्य दुई जना ताराखोला गाउपालिका-३ का अन्दाजि बर्ष २४ का हेमन्त घिमिरे, सोहि वडाका अन्दाजी बर्ष ५५ का हरिराम गिरीको घटनास्थल मै मृत्यु भएको थियो भने सोही वडा कै चालक (गाडी धनी) डम्मरबहादुर घिमिरे र अन्दाजि ४२ बर्षिय कर्ण बहादुर भण्डारी गम्भीर घाईतेहरुलाई गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको लागी ल्याईएकोमा यहाँ उपचार हुन नसकी काठमाडौ रिफर गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *